आइतबार, साउन १७, २०८३

ज्वरो रोक्न नसकेको भन्दै दुई मन्त्रीविरुद्ध मुद्दा दायर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

विहार- भारतको विहार राज्यमा केही दिनयता जापानिज इन्सेफ्लाईटिस अर्थात् एक्यूट इन्सेफ्लाईटिस सिन्ड्रोम (एईएस) को प्रकोप बढेको छ। दिमागी ज्वरो पनि भनिने उक्त रोगबाट अहिलेसम्म १ सय भन्दाबढी बालबालिकाको मृत्यु भइसकेको छ।

यसरी फैलिएको महामारी रोक्न नसकेको भन्दै केन्द्रीय र राज्यका मन्त्रीविरुद्ध मुद्दा दायर गरिएको छ। भारतीय सञ्चारमाध्यमहरुका अनुसार मुजफ्फरपुरको सीजेएम अदालतमा केन्द्रीय स्वास्थ्य मन्त्री डा. हर्षवर्धन र बिहारका स्वास्थ्य मन्त्री मंगल पाण्डेविरुद्ध मुद्दा दायर भएको हो।

सामाजिक कार्यकर्ता तमन्ना हाशमीले दर्ता गराएको उनीहरुविरुद्धको मुद्दामा आगामी जुन २४ मा सुनुवाई हुने भएको छ।
केन्द्रीय स्वास्थ्य मन्त्रीले आइतबार मुजफ्फरपुरको भ्रमण गरेका थिए। यस क्रममा केन्द्रीय स्वास्थ्य राज्यमन्त्री अश्विनी कुमार चौबे पनि सहभागी थिए। जिल्ला स्वास्थ्य अधिकारीले मन्त्रीहरुलाई पुरै राज्यको अवस्था खराब भएको र त्यस्तो प्रकोप रोक्नका लागि चिकित्सक र औषधिको व्यवस्था गरिदिन माग गरेका थिए।

बिहारको एसकेएमसीएच र केजीवाल अस्पतालमा दैनिक दिमागी ज्वरोका बिरामीहरु ठूलो संख्यामा थपिने गरेका छन्। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।