एजेन्सी- ओपनर ब्याट्सम्यान रोहित शर्माको शानदार शतकको मद्दतमा भारतले पाकिस्तानलाई ३ सय ३७ रनको विशाल लक्ष्य सुम्पेको छ । उत्कृष्ट सुरुवात गरेको भारतले निर्धारित ५० ओभरमा मात्र ५ विकेट गुमाउँदै ३ सय ३६ रन जोडेको हो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतका लागि रोहितले १ सय ४० रनको शानदार शतकीय पारी खेले । उनले ११३ बलको सामना गर्दै १४ चौका र ३ छक्का सहित १४० रनको शतकीय पारी खेलेका हुन् ।
त्यस्तै केए राहुलले र कप्तान विराट कोहलीले अर्धशतकीय पारी खेले । कप्तान कोहलीले ६५ बलमा ७ चौका प्रहार गर्दै ७७ रनको अर्धशतकीय पारी खेले । राहुलले ७८ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ५७ रनको अर्धशतकीय पारी खेलेका हुन् । हार्दिक पाण्डेले १९ बलमा २ चौका र २ छक्का सहित २६ रन जोडे । विजय शंकर १५ तथा केदान जादव ९ रनमा अविजित रहे ।
पहिलो विकेटका लागि राहुल र रोहितले १३६ रनको साझेदारी गर्दै पाकिस्तानविरुद्ध नयाँ रेकर्ड समेत बनाए । रोहित र राहुलले २३ वर्ष अघि ओपनर ब्याट्सम्यान सचिन तेन्दुलकर र नभजोत सिंह सिद्धुले विश्वकपमा पाकिस्तानविरुद्ध बनाएको सर्वाधिक स्कोरको रेकर्डलाई ब्रेक गरेका हुन् ।
त्यस्तै रोहितले नै कप्तान विराटसँग मिलेर दोस्रो विकेटका लागि ९८ रनको साझेदारी गरे । पाकिस्तानका लागि मोहम्मद आमिरले सर्वाधिक तीन विकेट लिए । त्यस्तै हसन अली र वाहाद रियजले एक एक विकेट लिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४