बिहीबार, वैशाख ३, २०८३

१३ औं सागका लागि ५ अर्ब २६ करोड आवस्यक 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- १३ औं साग आयोजना गर्न ५ अर्ब २६ करोड आवस्यक भएको बजेट निर्माण कार्यदलले जनाएको छ । आइतबार १३ औं सागका लागि विविध बिषयमा अनुमानित बजेट प्रस्तुत गर्दा ५ अर्ब २६ करोड ५७ लाख ४२ हजार ६७०.७३ (पाँच अर्ब छब्बिस करोड सन्ताउन्न लाख बयालिस हजार छ सय सत्तरी र पैसा त्रिहत्तर मात्र) लाग्ने जनाएको हो ।

उक्त बजेट बजेट निर्माण कार्यदलका संयोजक तथा १३ औं दक्षिण एशियाली खेलकुद तयारी तथा ब्यवस्थापन समितिका सदस्य राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिनाले आईतबार युवा तथा खेलकुद मन्त्रालयमा एक कार्यक्रम विच युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (बिश्वकर्मा) समक्ष प्रस्तुत गर्नुका साथै बजेटको समष्टिगत रुपको पुस्तक मन्त्रिलाई प्रदान गरेका थिए ।

कार्यदलले प्रस्तुत गरेको बजेटमा राष्ट्रिय टिम तयारी तर्फ ८८ करोड, १२ लाख, ६८ हजार १५०, खेलस्थल ब्यवस्थापन तर्फ ३ करोड ११ लाख, प्राविधिक तर्फ ३० करोड, ४० लाख, ६९ हजार, ९ सय, श्रोत साधन परिचालन तर्फ २० लाख, सुरक्षा तर्फ ५० करोड, २६ लाख १ हजार ८४०, आवस ब्यवस्थापन तर्फ ४५ करोड ५२ लाख ८६ हजार लागने अनुमान गरिएको छ । 

त्यस्तै यातायात ब्यवस्थापन तर्फ १५ करोड ७१ लाख ४ हजार, स्वास्थ्य तर्फ ३ करोड, ४३ लाख ५२ हजार, प्रचार प्रसार तथा प्रकाशन तर्फ ८ करोड ९५ लाख ८ हजार ५ सय, समारोह ब्यवस्थापन तर्फ ७१ करोड ४६ लाख ८२ हजार ९१.२०, स्वयंसेवक परिचालन तर्फ २ करोड, २ लाख ९७ हजार, अतिथी सत्कार तर्फ १ करोड २९ लाख ५ हजार, खेल सामाग्री, उपकरण तथा पोशाक ब्यवस्थापन सचिवालय तर्फ १ अर्व २९ करोड ९१ लाख ५ हजार ८९.५३ रुपैया लाग्ने छ। 

एन्टि डोपिङ्ग तर्फ ३ करोड ५४ लाख ६१ हजार, आयोजक समिति तर्फ २७ करोड, ९९ लाख २७ हजार १ सय, आईटि ब्यवस्थापनका लागि १९ करोड ६० लाख ७५ हजार तथा विविधमा २५ करोड रहेको छ । बजेट विभिन्न क्षेत्रका दक्ष तथा विज्ञहरुसँग छलफल गरि निर्माण गरिएको उपाध्यक्ष तथा बजेट निर्माण कार्यदलका संयोजक तिम्सिनाले बताए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।