बुधबार, वैशाख २, २०८३

पाकिस्तानविरुद्ध रोहित र राहुलको नयाँ रेकर्ड

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- रोहित शर्मा र केएल राहुलले आइसिसी एकदिवसीय विश्वकप क्रिकेट अन्तरगत आइतबार पाकिस्तानविरुद्ध भएको खेलमा नयाँ रेकर्ड बनाएका छन् । ओपनरद्वयले पाकिस्तानविरुद्धको २३ वर्ष पुरानो रेकर्डलाई आफ्नो नाममा गरेका छन् । 

शर्मा र राहुलले ओपनिङ ब्याटिङ गर्दै पहिलो विकेटका लागि विश्वकपमा पाकिस्तानविरुद्ध हाल सम्मकै ठुलो साझेदारी गरेका छन् । यसअघि सन् १९९६ को विश्वकमा सचिन तेन्दुलकर र नभजोत सिंह सिद्धुले बनाएका थिए । 

सचिन र सिद्धुले पहिलो विकेटका लागि ९० रनको साझेदारी गरेका थिए । उक्त खेल बेंगलोरमा भएको थियो । उक्त खेल भारतले ३७ रनले जितेको थियो । रोहित र राहुले सचिन र सिद्धुको पाकिस्तानविरुद्धको रेकर्ड १६ औं ओभरमा तोडेका थिए । 

दुबै खेलाडीले २४ औं ओभरसम्म खेल्दै १३६ रनको साझेदारी गरे । यससँगै राहुल र रोहितको ओपनिङ जोडी पाकिस्ताविरुद्ध विश्वकपमा १०० रन पुरा गर्ने पहिलो जोडी बनेको छ । भारतका अन्य मध्यक्रमका ब्याटसम्यानले पाकिस्तानविरुद्ध विश्वकपमा मात्र ३ पटक १०० रनको साझेदारी गरेका छन् । 

यसअघि २००३ को विश्वकपमा पहिलो पटक सचिन र मोहम्मद कैफको जोडीले १०० रनको साझेदारी गरेको थियो । त्यस्तै २०१५ मा शिखर धवन र विराट कोहली तथा विराट कोहली र सुरेश रैनाले एक सय रनको साझेदारी गरेका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।