मंगलबार, चैत ३, २०८२

भारत–अमेरिका सम्बन्धमा दरार : व्यापार युद्ध सुरु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- संघाई सहयोग सम्मेलन (एससिओ) मा गत साता चीन र भारत नजिकिएको देखिएको थियो। सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिङ पिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सकारात्मक छलफल भएको थियो।

दुवै देशले एकआपसी समझदारीका साथ अगाडि बढ्ने सहमति जनाएका थिए। त्यस क्रममा चीन–भारतबीचको व्यापार बढाउने, सुरक्षामा सहयोग गर्ने लगायतका विषयमा छलफल भएको थियो।
उक्त सम्मेलनमै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीसिलाई भारत भ्रमणको निम्तोसमेत दिएका थिए।

संघाई सहयोग सम्मेलन भएको एक साता नबित्दै भारत र अमेरिकाको सम्बन्धमा दरार उत्पन्न भएको छ। चीन र अमेरिकाबीच व्यापार युद्ध जारी रहेका बेला भारत चीनसँग नजिकिएको हो।
संघाई सम्मेलनलगत्तै भारतले अमेरिकी २८ वटा सामानमा कस्टम ड्युटी बढाएको छ।

यसअघि अमेरिकाले पनि भारतीय स्टिल र आल्मुनियमलगायतको सामानमा कस्टम ड्युटी बढाएपछि विवाद भएको थियो। चीनसँग नजिकिएलगत्तै भारतले पनि त्यसको प्रतिवाद गर्दै अमेरिकी सामानमा कस्टम ड्युटी बढाएको छ। यसपछि अमेरिकी सामानको मूल्य भारतमा बढ्नेछ।

भारतले बदाम, ओखर र दालमा कस्टम ड्युटी बढाएको हो। माछामा पनि कस्टम ड्युटी बढाउने तयारी गरिएको थियो। तर अन्तिम समयमा फिर्ता लिइएको छ। शनिबार भारत सरकारले कस्टम ड्युटी बढाउने निर्णय गरेलगत्तै आइतबारबाट लागू भएको छ।

भारत र अमेरिकाबीच कस्टम ड्युटी बढाउने विवाद चलेपछि सहमति प्रयास भएको थियो। अब भारतले पनि कस्टम ड्युटी बढाएपछि भारत र अमेरिकाबीच पनि व्यापार युद्ध सुरु भएको भारतीय सञ्चारमाध्यमले दाबी गरेका छन्।
(एजेन्सीको सहयोगमा)
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।