मंगलबार, साउन २६, २०८३

सलाहले गरे रियल र युभेन्टसको प्रस्ताव अस्विकार 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- इजिप्टियन तथा लिभरपुलका स्ट्राइकर मोहमद सलाहले स्पेनिस ला लिगा क्लब रियल मड्रिड र इटालियन सिरी ए क्लब युभेन्ट्सको प्रस्ताव अस्विकार गरेका छन् । उनले रियल र युभेन्ट्सको १५० मिलियन पाउण्डको प्रस्तव अस्विकार गरेको अन्तर्राष्ट्रिय संचार माध्यम दी मिरोरले जनाएको छ । 

रियल र युभेन्ट्सले ठुलो रकमको प्रस्ताव गरे पनि सलाहले अर्को सिजन सम्म पर्खिन आग्रह गरेका छन् । उनले यस सिजन इंग्लिस क्लब लिभरपुलमै रहने र अर्को सिजनको अन्त्यमा जे पनि हुन सक्ने प्रतिक्रिया दिएका छन् । 

जुर्गन क्लोपले आफुलाई सलाहको रुची थाहा भएको र उनलाई गुमाउनेप्रति चिन्ता रहेको बताइएका छन् । त्यस्तैले क्लोपले क्लबका उच्च पदाधिकारीसँग छलफल गरेको जनाएको छ । 

हाल राष्ट्रिय टोली बाहिर रहेका सलाहले यो समय क्लब छोड्नका लागि उचित साय नभएको बताएका छन् । त्यस्तै उनका सहकर्मी साडिओ मानेलाई पनि यस सिजनको अन्त्यमा क्लब छोड्ने जनाएको थियो । तर, हाल सम्म मानेको कुनै त्यस्तो सोच नरहेको क्लबले जनाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।