एजेन्सी- आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (आइतबार) चिर-प्रतिद्वन्द्वी भारत र पाकिस्तान आमने सामने हुँदै छन् । खेल म्यानचेस्टरमा दिउँसो ३ः१५ बजे सुरु हुने छ ।
भारत र पाकिस्तान क्रिकेटमा जब आमने सामने हुन्छन् तब मैदानमा मात्र हैन मैदान बाहिर पनि माहोल तातेको हुन्छ । यस खेललाई लिएर दुबै टोलीका खेलाडी समेत तनाबमा रहेका हुन्छन् । अझ विश्वकपमा झनै खेलाडी तनावपूर्ण हुने गर्दछन् ।
एकदिवसीय विश्वकपमा यि दुई टोली सातौं पटक आमने सामने हुँदै छन् । यसअघि ६ पटक आमने सामने हुँदा पाकिस्तानमाथी भारत हाबी देखिएको छ । पाकिस्तानले एकदिवसीय विश्वकपमा भारतविरुद्ध कुनै पनि खेल जित्न सकेको छैन् ।
त्यसैले पनि पाकिस्तान यस विश्वकपमा भारतलाई पराजति गर्दै नयाँ इतिहास कोर्न चाहन्छ । यता भारत भने पाकिस्तानमाथीको दबदबालाई मायमै राख्न चाहन्छ । यि दुई टोलीले पछिल्लो पटक २०१५ को विश्वकपमा भेट भएको थियो । उक्त खेलमा पाकिस्तान ७६ रनले पराजति भएको थियो ।
पहिलो पटक सन् १९९२ मा भारत र पाकिस्तानको भिडन्त सुरु भएको थियो । यस खेलम भारतले ४३ रनले जित निकालेको थियो । त्यस्तै १९९६ मा बेङ्लोरमा भएको भेटमा पाकिस्तान ३९ रनले पराजित हुँदा भारतका लागि नवजोत सिंह सिद्धुले ९३ रनको पारी खेलेका थिए ।
१९९९ का म्यानचेस्टरमा भएको खेलमा पाकिस्तान भारतसँग ४७ रनले पराजित भएको थियो । भारतले दिएको २२७ रनको लक्ष्य पछ्याएको पाकिस्तान १८० रनमा समेटिएको थियो । २००३ मा भारले २६ बल बाँकी हुँदै ६ विकेटले विजयी भएको थियो ।
पाकिस्तानले दिएको २७३ रनको लक्ष्य भारतले ४५.४ ओभरमा पुरा गरेको थियो । त्यस्तै २०११ मा चन्डीगडमा भएको दोस्रो सेमिफाइनल खेलमा पाकिस्तान र भारत भिडेका थिए । उक्त खेलमा पनि भारत २९ रनले विजयी भयो । यस खेलमा सचिन तेन्दुलकरले ८५ रन जोडेका थिए ।
अंक तालिकामा भारत चौथो स्थानमा छ । तीन खेल खेलेको भारत दुई खेलमा जित र खेलमा बर्षाका कारण अंक बाड्दै ५ अंक सहित चौथो स्थानमा छ । यता पाकिस्तान भने चार खेलबाट १ खेलमा जित, दुईमा पराजित र १ बर्षाका कारण अंक बाँढ्दै ३ अंक सहित नवौं स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४