बुधबार, वैशाख २, २०८३

अष्ट्रेलिया शीर्ष स्थानमा, दक्षिण अफ्रीकाको पहिलो जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- श्रीलंकाकालाई पराजित गर्दै अष्ट्रेलिया आएसिसी एकदिवसीय विश्वकप क्रिकेटको शीर्ष सथनमा उक्लिएको छ । शनिबार भएको खेलमा अष्ट्रेलियाले श्रीलंकाकालाई ८७ रनले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । 

अष्ट्रेलियाले दिएको ३ सय ३५ रनको लक्ष्यपछ्याएको श्रीलंकाले ४५.५ ओभरमा सबै विकेट गुमाउँदौ मात्र २ सय ४७ रन बनाउन सक्यो । श्रीलंकाका लागि कप्तान दिमुथ करुनारत्ने र कुशल परेराले अर्धशतकीय पारी खेले पनि टोलीको जितका लागि प्रयाप्त हुन सकेन् । 

कप्तान दिमुथले ९७ रनको उत्कृष्ट अर्धशतकीय पारी खेलेका गिए । उनले १०९ बलमा ९ चौकाको मद्दतमा ९७ रनको अर्धशतकीय पारी खेलेका हुन् ।  त्यस्तै कुशल परेराले ५२ रनको अर्धशतकीय पारी खेले । उनले ३६ बलमा ५ चौका र १ छक्का सहित ५३ रन जोडे ।  

कुशल मेन्डिसले ३० तथा लाहिरु थिरिमाने र धनन्जन्य सिल्भाले १६-१६ रन जोड्न बाहेक अन्य ब्याट्सम्याले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।  श्रीलंकालाई सस्तैमा रोक्न अष्ट्रेलियाका मिचेल स्टार्कले ४ विकेट लिए । त्यस्तै केन रिचार्डसनले ३, पाट कुम्निसले २ र जोसनले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अष्ट्रेलियालका लागि कप्तान आरोन फिन्चको शतकीय पारीको मद्दतले ७ विकेट गुमाउँदै ३ सय ३४ रन जोडेको थियो । उत्कृष्ट सुरुवात गरेको अष्ट्रेलियाका लागि फिन्चले १३२ बलको सामना गर्दै १५ चौका र ५ छक्काको मद्दतमा १५३ रनको उत्कृष्ट शतकीय पारी खेलेका हुन् ।

त्यस्तै स्टिव स्मिथले मात्र ५९ बलमा ७ चौका र १ छक्का सहित ७३ रन जोडे । ग्लेन म्याक्सवेल ४६, डेभिड वार्नर २६ र स्मान ख्वाजा १० रनमा पेभिलियन फर्किए । श्रीलंकाका लागि धनन्जन्य डे सिल्भा र इसुरु उदानाले समान दुई दुई विकेट लिए । त्यस्तै लसिथ मलिङ्गाले एक विकेट लिए ।

त्यस्तै शनिबारनै भएको दोस्रो खेलमा दक्षिण अफ्रिकाले पहिलो जित निकालेको छ । खेल बर्षले प्रभावित पारे पछि डीएल पद्दतिको आधारमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले प्रथियोगितामा पहिलो जित निकालेको हो ।

वर्षाले प्रभावित गरेपछि ४८ ओभरमा झारिएको खेलमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई जितका लागि १२६ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा अफगानिस्तानले दिएको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले २८.४ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गर्यो ।

दक्षिण अफ्रिकाको जितमा लागि क्विनटन डी ककले ६८ रनको अर्धशतकीय पारी खेले । यस्तै हासिम अमलाले अविजित ४१ रन जोड्दा एडिले लक्कीले अविजित १७ रन जोडे । अफगानिस्तानका गुल्बादीन नाइबले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ३४.१ ओभरमा सबै विकेट गुमाउँदै मात्र १२५ रन बनाएको थियो । अफगानिस्तानका लागि राशिद खानले ३५, नुर अली जाड्रानले ३२ तथा हजरातउल्लाह जजाईले २२ रन बनाए । दक्षिण अफ्रिकाका इमरान ताहिरले ४ विकेट लिए । यस्तै क्रिस मोरिसले ३ विकेट लिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।