मंगलबार, साउन २६, २०८३

लर्निङ जोन एकेडमी च्याम्पियन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौ– दोस्रो संस्करणको गोल्डेन गेट अन्तर विद्यालय फुटसल प्रतियोगिताको उपाधि लर्निङ जोन एकेडमीले जितेको छ। शनिबार भएको फाइनलमा करियर बिल्डिङ एकेडमीलाई २–१ गोल अन्तरले पराजित गर्दै लर्निङले उपाधि जितेको हो। 

च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा लर्निङका लागि प्रविन लामा र प्रमित मगरले एक एक गोल गरे। करियरका आकाश साहले एक गोल फर्काए। 

कखरा ईभेन्ट म्यानेजमेन्ट प्रालीले आयोजना गरेको प्रतियोगिताको उपाधिसंगै लर्निङले नगद ३० हजार नगद पुरस्कार प्राप्त ग¥यो। उपविजेता करियरले २० हजारमा चित्त बुझायो। 

यस्तै प्रतियोगितामा उत्कृष्ट गोलकिपर लर्निङका अजिज गुरुङ, डिफेन्डरमा करियरका आकाश साह, मिडफिल्डरमा आयुष श्रेष्ठ, फरवार्डमा लर्निङ प्रविन लामा र प्रशिक्षकमा सनसाइनका आशिष दाहाल उत्कृष्ट चुनिए । उत्कृष्ट हुनेले ट्रफी सहित प्रमाणपत्र प्राप्त गरे।

प्रतियोगिताको विजेता खेलाडीहरुलाई राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक राजु काजी शाक्य, नेपाल बैंक लिमिटेडका बरिष्ठ प्रवन्धक शिखर नाथ र राष्ट्रिय फुटबल टिमका मिडफिल्डर बिक्रम लामा लगायतले पुरस्कृत गरेका थिए।

दुई दिने सम्म सञ्चालन भएको प्रतियोगितामा उपत्यका भित्रका ३२ टिमको सहभागिता रहेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।