मंगलबार, साउन २६, २०८३

फिन्चको शतकमा श्रीलंकालाई विशाल लक्ष्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- कप्तान आरोन फिन्चको शतकीय पारीको मद्दतले अष्ट्रेलियाले श्रीलंकालाई ३ सय ३५ रनको विशाल लक्ष्य सुम्पेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ३४ रन जोडेको हो । 

उत्कृष्ट सुरुवात गरेको अष्ट्रेलियाका लागि फिन्चले १५३ रनको शतकीय पारी खेले । उनले १३२ बलको सामना गर्दै १५ चौका र ५ छक्काको मद्दतमा १५३ रनको उत्कृष्ट शतकीय पारी खेलेका हुन् । 

त्यस्तै स्टिव स्मिथले ७३ रनको उत्कृष्ट अर्धशतकीय पारी खेले । उनले आक्रमक ब्याटिङ गर्दै मात्र ५९ बलमा ७ चौका र १ छक्का सहित ७३ रन जोडे । ग्लेन म्याक्सवेलले २५ बलमा ५ चौका र १ छक्रका प्रहार गर्दै ४६ रन जोड । 

डेभिड वार्नरले ४८ बलमा २ चौका सहित २६ रन जोड्उदा स्मान ख्वाजा १० रनमा पेभिलियन फर्किए । श्रीलंकाका लागि धनन्जन्य डे सिल्भा र इसुरु उदानाले समान दुई दुई विकेट लिए । त्यस्तै लसिथ मलिङ्गाले एक विकेट लिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।