बुधबार, वैशाख २, २०८३

विश्वकपका कारण विवादित बन्दै आइसिसी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- श्रीलंकाले इंग्ल्यान्ड र वेल्समा जारी एकदिवसीय विश्वकप क्रिकेटमा खराव पिच र प्रशिक्षण व्यवस्थालाई लिएर अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) प्रति दुःख व्यक्त गरेको छ । 

इएसपिएनक्रिकइन्फोको रिपोर्ट अनुसार आइसिसीले पिचलाई लिएर दोहोरो व्यवहार गरेको श्रीलंका राष्ट्रिय क्रिकेट टोलीका व्यवस्थापकले आरोप लगाएका छन् । तर, आइसिसीले भने कुनै टिमप्रति पक्षपात नगरेको जनाएको छ । 

श्रीलंकाका दुई खेल बर्षाकाकारण स्थगित भएका थिए । त्यसअघी कार्डिफमा न्युजल्यान्डविरुद्ध खेलीएको पहिलो खेल र अफगानिस्तानविरुद्ध खेलिएको खेलमा घाँस युक्त पिच मिलेको थियो । 

‘हामीले अहिलेसम्म अवलोकन गरिरहेका छौ की कार्डिफ र ब्रिस्टलमा भएका हाम्रा चार खेलमा सबै घाँस युक्त पिच पायौ । तर, त्यही मैदानमा अन्य टोलीले भने कम घाँस भएको पिच पाए । जहाँ अन्य टोलीले ठुलो स्कोर बनाए,’ श्रीलंका राष्ट्रिय क्रिकेट टोलीका व्यवस्थापकले भने, ‘कार्डिफमा भएको खेलमा अभ्यासका लागि जो सुविधा थियो त्यो पनि राम्रो थिएन् । तीन नेटको ठाउँमा आइसिसीले हामीलाई दुई नेट मात्र दिएका थिए ।’ 

‘ब्रिस्टलमा हामीलाई राखिएको होटेलमा स्वीमिङपुल पनि थिएन् । जो हरेक टिमका लागि अत्यावस्यक ठानिन्छ । ब्रिस्टलमा नै पाकिस्तान र बंगालादेशलाई जुन होटेल दिएको थियो त्यसमा स्वीमिङपुलको सुविधा थियो ।’

यि सुविधाका लागि चार दिन पहिले लिखित पत्र बुझाए पनि हालसम्म कुनै प्रतिक्रिया नआएको उनले बताए । ‘हामी तबसम्म पत्र लेख्ने छौ जबसम्म हामीलाई कुनै प्रतिक्रिया आउँदैन,’ टिम व्यवस्थापकले बताए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।