मंगलबार, साउन २६, २०८३

ब्राजिलको जितमा काउटिन्हो नायक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- घरेलु मैदानमा शनिबारबाट सुरु भएको कोपा अमेरिकाको उद्घाटन खेलमा फिलिप्पे काउटिन्हो चम्कदा ब्राजिलले सहज जित निकालेको छ । शनिबार बिहान भएको खेलमा ब्राजिलले बोलिवीयामाथी ३-० को सहज जित निकालेको हो । 

ब्राजिलको जितका लागि काउटिन्होले दुबै तथा एभर्टन सुआरेजले एक गोल गरे । पहिलो हाफमा गोलरहित बराबी भएको खेलको ५० औं मिनेटमा काउटिन्होले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। 

त्यसको तीन मिनेट नबित्दै काउटिन्होले व्यक्तिगत दोस्रो गोल गरे । उनले रोबर्टो फिर्मिन्नोको पासमा दोस्रो गोल गरेका हुन् । त्यस्तै ८५ औं मिनेटमा एभर्टनले गाेल गर्दै ब्राजिललाई ३-० काे जित दिलाए । मैदानमा पसेको चार मिनेट नबित्दै एभर्टनले फर्नान्डिन्होकाे पासमा गाेल गरेका हुन् ।

उनी खेलको ८१ औं मिनेटमा डेभिड नेरेसकाे स्थानमा मैदान प्रवेश गरेका थिए । यस जितसँगै समूह ‘ए’ मा हरेको ब्राजिलले प्रतियोगितामा सुखद सुरुवात गरेको छ । अब आफ्नो दोस्रो खेल ब्राजिलले बुधबार भेनेजुएलासँग खेल्ने छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।