मंगलबार, वैशाख १, २०८३

रुटको अलराउण्डर प्रदर्शनमा इंग्ल्यान्ड विजयी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा जोय रुटले अलराउण्डर प्रदर्शन गरेपछि इंग्ल्यान्डले सहज जित निकालेको छ । शुक्रबार भएको खेलमा इंग्ल्यान्डले वेस्टइन्डिजमाथी ८ विकेटको सहज जित निकालेको हो। 

वेस्टइन्डिजले दिएको २ सय १३ रनको मध्यम लक्ष्य पछ्याएको इंग्ल्यान्डले मात्र ३३.१ ओरभमा दुई विकेट गुमाएर पुरा गर्यो । इंग्ल्यान्डको जितमा अलराउण्डर प्रदर्शन गरेका जोय रुटले शतकीय पारी खेले । उनले ९४ बलमा ११ चौकाको मद्दतमा १०० रनको अविजित पारी खेलेका हुन् । रुटको यो जारी विश्वकपमा दोस्रो शतक हो । 

यस्तै जोनी ब्रैस्टोले ४६ बलमा ७ चौका सहित ४५ रन जोड्दा क्रिस वोक्सले ५४ बलमा ४ चौका सहित ४० रन जोडे। बेन स्टोक्स १० रनमा अविजित रहे । वेस्टइन्डिजका टेरी गाब्रिलले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्टइन्डिजले ४४.४ ओभरमा सबै विकेट गुमाउँदै २ सय रन १२ जोडेको थियो । वेस्टइन्डिजका लागि निकोलस पूरनले सर्वाधिक ६३ रनको अर्धशतकीय पारी खेले पनि टोलीको जितका लागि प्रयाप्त भएन् । 

उनले ७८ बलमा ३ चौका र १ छक्काको मद्दतमा ६३ रनको अर्धशतकीय पारी खेलको थिए । त्यस्तै शिम्रन हेटमायरले ४८ बलमा ४ चौका सहित ३९ रन जोडे । ओपनर ब्याट्सम्यान क्रिस गेलले ४१ बलमा ५ चौका र १ छक्कासहित ३६ रन जोडे । 

आन्द्रे रसेलले २१, कार्लोस ब्राथवेटेले १४ र शाई होपले ११ जोड्न बाहेक अन्यब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् । इंग्ल्यान्डका लागि जोफ्रा आर्चर र मार्क वुडले समान तीन तीन विकेट लिए । त्यस्तै जोइ रुटले दुई तथा क्रिस वोकेस र लियम प्लुंकेटले एक एक विकेट लिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।