बुधबार, वैशाख २, २०८३

महिला फुटबल प्रतियोगिता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौंउपमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा बाँसगढी नगरपालिका र तुल्सीपुर उपमहानगरपालिकाबीचको खेल बराबरीमा टुङ्गिएको छ।

हलचोकस्थित सशस्त्र प्रहरी बल (एपीएफ) को मैदानमा आज भएको खेलमा बाँसगढी र तुल्सीपुरले २२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन्। बाँसगढीका लागि पूजा राना मगर एक्लैले दुई गोल गरिन्।

त्यस्तै तुल्सीपुरका लागि भने दीपा पुन मगर र ममता पुन मगरले एकएक गोल गरे। यस खेलसँगै समूह बाट बाँसगढी र तुल्सीपुरले समान एक/एक अङ्क जोडेका छन्।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा्र)को महिला फुटबल समितिले आयोजना गरेको उक्त प्रतियोगितामा विभिन्न १८ टोली सहभागी छन्। लिग कम नकआउटको आधारमा भएको उक्त  प्रतियोगिताको विजेता टोलीले रु पाँच लाख तथा उपविजेताले तीन लाख पाउनेछन्। 

त्यस्तै प्रतियोगितामा फेयर प्ले टोलीले ५० हजार पाउने छन्। प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले २५ हजार तथा विधागततर्फ उत्कृष्ट हुनेले जनही रु दश हजार पाउने छन्। उक्त प्रतियोगिताअन्तर्गत भोलि तीन खेल हुनेछन्। पहिलो खेलमा वालिङ नगरपालिका र शम्भुनाथ नगरपालिकाबीच हुनेछन् भने दोस्रो खेल बाह्रबिसे नगरपािलका र गोदावरी नगरपालिका आमनेसामने हुनेछन्। त्यस्तै तेस्रो खेलमा चन्द्रपुर नगरपालिका र भिमेश्वर नगरपालिकाबीच हुनेछ। तीनै खेल हल्चोकस्थित एपिएफ मैदानमा हुनेछन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।