बुधबार, वैशाख २, २०८३

इंग्ल्यान्डलाई वेस्टइन्डिजको मध्यम लक्ष्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- आयोजक इंग्ल्यान्डलाई वेस्टइन्डिजले जितका लागि २ सय १३ रनको मध्यम लक्ष्य सुम्पेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्टइन्डिजले ४४.४ ओभरमा सबै विकेट गुमाउँदै २ सय रन १२ जोडेको हो । 

वेस्टइन्डिजका लागि निकोलस पूरनले सर्वाधिक ६३ रनको अर्धशतकीय पारी खेले । उनले ७८ बलमा ३ चौका र १ छक्काको मद्दतमा ६३ रनको अर्धशतकीय पारी खेलको हुन् । त्यस्तै शिम्रन हेटमायरले ४८ बलमा ४ चौका सहित ३९ रन जोडे । 

ओपनर ब्याट्सम्यान क्रिस गेलले ४१ बलमा ५ चौका र १ छक्कासहित ३६ रन जोडे । आन्द्रे रसेलले २१, कार्लोस ब्राथवेटेले १४ र शाई होपले ११ जोड्न बाहेक अन्यब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् । 

इंग्ल्यान्डका लागि जोफ्रा आर्चर र मार्क वुडले समान तीन तीन विकेट लिए । त्यस्तै जोइ रुटले दुई तथा क्रिस वोकेस र लियम प्लुंकेटले एक एक विकेट लिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।