मंगलबार, साउन २६, २०८३

रियलले जापानी मेस्सी अनुबन्ध गर्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- स्पेनिस महराथी क्लब रियल मड्रिडले एफसी टोकियोका मिडफिल्डर टेकेफुसा कुबो -जापानी मेस्सी)लाई अनुबन्ध गर्ने घोषणा गरेको छ । ‘जापानी मेस्सी’को नामले चिनिने कुबोलाई रियलले अनुबन्ध गर्ने घोषणा गरेको हो । 

१८ वर्षीय जापानी मेस्सीले यसै महिना राष्ट्रिय टोलीमा डेब्यु गरेका छन् । राष्ट्रिय टोलीमा डेब्यु गरेसँगै उनले ब्राजिलका आयोजना हुने कोपा अमेरिका समेत खेल्ने छन् । 

रियल मड्रिडको बयान अनुसार कुबोले आउने सिजनमा तेस्रो डिभिजनको क्लबमा आफ्नो प्रदर्शन देखाउने छन् । ‘रियल मड्रिडमा विश्व फुटबलका सबैभन्दा होनहार युवा खेलाडी हुने छन् । जो उत्कृष्ट टेक्निककासाथ मिडफिल्डरमा देखिने छन्,’ क्लबले भन्यो । 

रियलले कुबोलाई अनुबन्ध गर्न एफसी टोकियोलाई २ मिलियन पाउण्ड तिर्ने जनाएको छ । त्यस्तै खेलाडीलाई प्रत्येक वर्ष १ मिलियन पाउण्ड तिर्ने छ । कुबोसँग रियलले पाँच वर्षको सम्झौता गर्न लागेको हो । कुबोले जिनेदिन जिदानसँग सिनियर टोलीमा प्रशिक्षण लिने छन् भने कास्टिलका लागि खेल्न छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।