मंगलबार, चैत ३, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • चीन र भारत नजिकिएकै हुन् त ? राष्ट्रपति सीले भने- एक अर्काबाट खतरा छैन

चीन र भारत नजिकिएकै हुन् त ? राष्ट्रपति सीले भने- एक अर्काबाट खतरा छैन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
किर्गिस्तानमा आयोजित संघाई सहयोग सम्मेलन (एससीओ)मा दुई छिमेकी मुलुक चीन र भारत नजिकिएको देखिएको छ।

सम्मेलनमा भारत र पाकिस्तानबीचको सम्बन्ध खराब तथा भारत र चीनबीचको सम्बन्ध नजिकिएको चर्चा चलेको छ।

सम्मेलनका क्रममा चीनका राष्ट्रपति सी जिङपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको छलफल उपलब्धी मुलक भएको भारतीय र चिनियाँ मिडियाहरुले जनाएको छ। जस आधारमा भारत र चीनको सम्बन्ध राम्रो भएको विश्लेषण गरिएको छ।

भेटघाटका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिनिया राष्ट्रपति पिङलाई भारत भ्रमणको निम्तो पनि दिएका छन्।

छलफलमा चिनिया राष्ट्रपति पिङले एक अर्कासँग कुनै खतरा नभएको प्रष्ट पारेका छन्।

चीन र भारतबीचको सिमा विवाद तथा व्यापारका विषयमा पनि छलफल भएको छ।

चिनियाँ सञ्चारमाध्यम सिन्हवाले भनेको छ,‘भारतसँग द्विपक्षीय व्यापार सम्बन्धका लागि चीन तयार भएको छ।’

सिन्हवाका अनुसार राष्ट्रपति पिङले दोस्रो पटक प्रधानमन्त्री भएकोमा मोदीलाई बधाई दिदै सम्बन्ध सुधारका लागि प्रयास गरेका छन्।

दुबै देशले सहकार्य गरे एसियामा शान्ति आउन सक्ने विश्वास छलफलमा व्यक्त गरिएको छ भने व्यापार, पर्यटनमा सहकार्यका लागि हात अगाडि बढाउने भनिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।