काठमाडौं- नेपाली फुटबल विकासमा सहयोग गर्दै आएको ‘एफसी बार्सिलोना फ्यान अफ नेपाल’को भोली (शनिबार) भेला हुने भएको छ । स्पेनिस फुटबल क्लब बार्सिलोनाका नेपालमा रहेका समर्थकहरुले पहिलो पटक काठमाडौंस्थित बसन्तपुर क्षेत्रमा भेला गर्ने एक विज्ञप्तिमार्फत जानकारी दिएको हो ।
भेला शनिबार बिहान ११ बजे सुरु हुने छ । सामाजिक संजाल फेसबुकमा १ लाख ७५ हजारभन्दा बढी सक्रिय सदस्य रहेको ‘एफसी बार्सिलोना फ्यान अफ नेपाल’ नाम समूहमा रहेका समर्थकहरुले भेला गर्न लागेको समूहका ‘एड्मीन’ कविराज श्रेष्ठले जानकारी दिए ।
उनले नेपाली फुटबल क्षेत्रमा र सामाजिक क्षेत्रमा योगदान गर्ने उद्देश्यले भेलाको आयोजना गर्न लागेको जानरी दिए । एफसी बार्सिलोना फ्यान अफ् नेपाल’ बार्सिलोनाका नेपाली समर्थकहरूको सबैभन्दा ठूलो समूह हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४