काठमाडौं- नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्दै आएको पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्क लिमिटेडको साथ रहने भएको छ ।
शुक्रबार एक कार्यक्रमकाबीच डिस मिडिया नेटवर्कका प्रवन्ध निर्देशक सुदिप आचाय र एनएसजेएपका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र)ले मुख्य सह प्रायोजनका लागि सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता एक वर्षको लागि गरिएको हो ।
नेपाली खेलकुद क्षेत्रको प्रतिष्ठित अवार्डको रुपमा रहेको पल्सर स्पोर्ट्स अवार्डको लागि एनएसजेएफले डिस मिडियासँग लगातार नवौं वर्ष सहकार्य गरेको हो । मुख्य सह-प्रायोजकको रुपमा सम्झौता भएसँगै अवार्डको नाम ‘एनएसजेएफ इन एसोसिएसन विथ एक्सन स्पोर्ट्स एचडी प्रिजेन्ट्स पल्सर स्पोर्ट्स अवार्ड पावर्ड बाई गोल्डस्टार’को नाममा रहने अध्यक्ष सुवेदीले बताउए ।
सम्झौता अनुसार डिस मिडियाले अवार्डका लागि सात लाख रुपैयाँ नगद र चार लाख रुपैयाँ बराबरको डिस होम सेट-अफ बक्स र दुई बर्षसम्म निशुल्क सुविधा उपलब्ध गराउनेछ ।
१६ औं संस्करणको अवार्ड असार १७ गते काठमाडौंको कमलादिस्थित प्रज्ञा भवनमा आयोजना हुँदैछ । यस पटकको अवार्ड कार्यक्रममा नौ विधाका खेलाडी र खेलकर्मीसहित एक जना अन्तर्राष्ट्रिय खेल पत्रकारलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको बताईएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४