आइतबार, कात्तिक ३०, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • गभर्नरको चेतावनी : मर्जमा जानुस्, नत्र 'फोर्स मर्ज' हुन्छ

गभर्नरको चेतावनी : मर्जमा जानुस्, नत्र 'फोर्स मर्ज' हुन्छ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरन्जीवी नेपालले लघुवित्त संस्थाहरुलाई मर्ज (एक आपसमा गाभिन) हुनका लागि दबाब दिएका छन्। लघुवित्त बैंकर्स संघ र आइबीएनले संयुक्त रुपमा आयोजना गरेको लघुवित्त संस्थाको मर्जर र आवश्यकता सम्बन्धी कार्यक्रममा गभर्नर डा.नेपालले लघुवित्त संस्थाहरुलाई चेतावनी दिदै भने, ‘लघुवित्त संस्थाहरु स्वतःस्फूर्त रुपमा मर्जमा जाने भए जानुहोस्, नत्र आगामी मौद्रिक नीतिमा फोर्स मर्जरको नीति लिइने छ।’
 
उनले लघुवित्त संस्थाहरु स्वतः स्फुर्त रुपमा मर्ज हुनुपर्ने धारणा राख्दै मर्जका लागि चाहिने सेवा, सुविधा वा छुटको व्यवस्थापन गर्न राष्ट्र बैंक तयार रहेको बताए। 

उनले लघुवित्त संस्थाहरुलाई भने, ‘तपाईहरुका के–के माग हुन् ? मर्जरका लागि के कस्ता कठिनाइ रहेका छन्? राष्ट्र बैंकले के गरिदिनुपर्यो ? सबैकुरा भन्नुहोस् हामी तपाईहरुको माग पुरा गरिदिन तयार छौं, तर मर्जरमा जानुहोस्।’

पछिल्लो समयमा नेपाल राष्ट्र बैंक मर्जरको मामिलामा विस्तारै कठोर हुँदै गएको छ। बजार सानो तर धेरै लघुवित्त संस्थाहरु हँुदा अस्वस्थ प्रतिष्पर्धा बढी भएर वित्तिय बजार नै अस्वस्थ हुने संकेत देखेपछि मर्जको मामिलामा राष्ट्र बैंक कडा हुँदै गएको हो। 

सो कार्यक्रममा लघुवित्त बैंकर्स संघका अध्यक्ष रामचन्द्र जोशीले संघपनि मर्जरको समर्थनमा नै रहेको र मर्जरको लागि प्रोत्साहन गर्न संघले विभिन्न कार्यक्रमहरु अगाडि बढाउने बताए। 

कार्यक्रममा उनले लघुवित्त संस्थाहरुलाई ऋण प्रवाहको लागि फण्डको समस्या भएकोले बताउँदै रकमको व्यवस्थापन गर्न गभर्नरसँग अनुरोध गरे।

सम्बन्धित समाचार

बिग मर्जरका पक्षमा आउँदै मौद्रिक नीति
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्