एजेन्सी- इंग्ल्यान्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले आफ्नो पाँचौ खेल आइतबार दिउँसो भारतसँग खेल्दै छ । पाकिस्तानले ४ खेल मध्यमा एक खेल बर्षका कारण अंक बाढ्न बाध्य भएको थियो भने एक खेलमा जित र दुई खेल गुमाई सकेको छ ।
पछिल्लो अष्ट्रेलियासँगको पराजय पछि पाकिस्तानलाई विश्वकपको अघिल्लो चरण प्रवेशका लागि दबाब सृजना भएको ओपरन ब्याट्म्यान इमाम उल हकले बताएका छन् । इमाम अष्ट्रेलियाविरुद्धको खेलमा ५३ रन बनाउँदै पेभिलिएन फर्किएका थिए ।
उनले भारतसँगको खेलमा पाकिस्तानलाई गर या मरको अवस्था सृजना भएको बताएका छन् । ‘हाम्रो एक खेल बर्षाका कारण स्थगित भयो । जो हाम्रा लागि महत्वपूर्ण थियो । अब हाम्रा लागि हरेक एक खेल महत्वपूर्ण भएको छ,’ इमामले भने ।
उनले पाकिस्तान र भारतबीचको खेलम धेरै रहस्य भएको समेत बताए । तर, रहस्य के हो भन्ने कुरा भने खुलाएका छैनन् । ‘पाकिस्तान र भारतबीचको खेलमा धेरै रहस्य छ । तर हामी आफ्नो क्रिकेटमा आफुलाई उत्कृष्ट साबित गर्न केन्द्रित हुन्छौ,’ इमामले भनेका थिए । पाकिस्तान चार खेलमा ३ अंक जोडेर आठौं स्थानमा छ ।
पछिल्ला पाँच भेटमा भारत पाकिस्तानमाथी हाबी देखिएको छ । पाँच खेलमा भारतले चार खेल जित्दा पाकिप्तानले मात्र एक खेल जितेको छ । सन् २०१५ को विश्वकपमा भारतले दिएको ३ सय रनको लक्ष्य पछ्याउको पाकिस्तान २२४ रनमा अलआउट भएको थियो ।
त्यस्तै २०१७ को आइसिसी च्याम्पियन्स ट्रफीमा भएको पहिलो भेटमा पराजित पाकिस्तान दोस्रो खेलमा भने भारतलाई १५८ रनमा बलआउट गरेको थियो । त्यसपछि २०१८ मा भएको एशिया कपका दुबै खेलमा पाकिस्तान पराजित भएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४