एजेन्सी- बेल्जियमका स्ट्राइकर इडेन हाजार्डलाई ला लिगा क्लब रियल मड्रिडले औपचारिक रुपमा सार्वजनिक गरेको छ । बिहीबार राती रियलले क्लबमा औपचारिक रुपमा भव्य स्वागत गर्दै हाजार्डलाई पहिलो पटक सार्वजनिक गरेको हो ।
उनलाई रियलले १ सय ५० मिलियन पाउण्ड भन्दा बढी मुल्यमा इंग्लिस क्लब चेल्सीबाट अनुबन्धित गरेको हो । उनले क्लबसँग पाँच वर्षको सम्झौता गरेका छन् । रियलमा औपचारिक रुपमा सार्वजनिक भएसँगै हाजार्डले आफ्नो बच्चै देखीको सपना पुरा भएको बताएका छन् ।
‘मलाई विश्वको सर्वश्रेष्ठ खेलाडी बन्न विश्वकै सर्वश्रेष्ठ क्लबसँग जोडिन आवस्यक दियो । जुन मेरो बच्चै देखीको सपना थियो । त्यो आज पुरा भएको छ ।’ हजार्डले भने, ‘म भाग्यमानी हुँ जुन मैले आफ्नो सपना पुरा गर्ने मौका पाए ।
यस क्लबमा म सक्दो आफुलाई उत्कृष्ट प्रमाणीग गर्न हरप्रयास गर्ने हुने ।’ हाजार्ड जिनेदिन जिदान क्लबको मुख्य प्रशिक्षकमा फर्किएपछि क्लबले अनुबन्ध गर्न चाहेको पहिलो रोजाइको खेलाडीमा थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४