काठमाडौं- तेश्रो संस्करणको एसओएस हेर्मन सेतिओपी कप एसइई अन्तरविद्यालय फुटबल भोली (शुक्रबार) देखी हुने भएको छ । आयोजक एसओएस बालग्राम सानो थिमि र सेति ओपी युवा क्लबले संयुक्तरुपमा एक प्रेस विज्ञप्तिमार्फत जानकरी दिएको हो ।
उपत्यकाका २६ वटा विद्यालयहरुको सहभागिता रहने प्रतियोगिता जेठ ३१ देखि असार ८ गतेसम्म संचालन हुने छ । आठ दिने उक्त प्रतियोगितामा सहभागी टोलीलाई ४ समूहमा विभाजन गरि नकआउट पद्धतिमा खेलाइने छ । प्रत्येक समूहका शीर्ष टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् ।
प्रतियोगिताको विजेता टोलीले ३० हजार तथा उपविजेताले २० हजार नगद प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट खेलाडीलाई प्लस २ मा अध्ययनको लागी ग्रामर स्कुल तथा कलेजले छात्र छात्रवृत्ति प्रदान गर्ने छ भने न्यू भिजन एकेडेमी कोटेश्वरले वेष्ट गोलकीपर, वेष्ट रक्षक र सर्वाधिक गोलकर्तालाई मासिक शुल्कमा पूर्ण छात्रवृत्ती प्रदान गर्ने भएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४