एजेन्सी- इथोपियामा एक २१ वर्र्षीया महिलाले बच्चा जन्माएको आधा घण्टा पछि नै परीक्षा दिएकी छन्। उनले छोरा जन्माएकी थिइन्। गत जुन ११ सोमबारबाट परीक्षा सुरू भएको थियो। उनको प्रथम परीक्षा भने मंगलबार सुरू हुने भएको थियो।
पूर्वतालिका अनुसार ‘डेलिभरी डेट’ भन्दा अघि नै परीक्षा सकिने तालिका थियो। जस कारण उनी परीक्षा सहज रूपमा दिन सक्नेमा निश्चिन थिइन्। तर, ‘रमजानको’ कारण परीक्षा सर्न पुगेको थियो। परीक्षा सरेर करिब उनको डेलिभरी दिनको वरपर नै निश्चित भयो।
परीक्षा जुन ११ सोमबारबाट सुरू हुने भए पनि उनको पहिलो पेपर मंगलबारबाट थियो। तर, परीक्षा सुरू हुनु केही घण्टा अघि नै उनलाई व्यथा लाग्न थाल्यो। जस कारण उनी परीक्षा केन्द्रमा जान सकिनन्।
मंगलबारको पहिलो परीक्षामा अस्पतालमै दिएकी थिइन्। उनको परीक्षाको लागि श्रीमान्ले उनी अध्ययनरत विद्यालयबाट अनुमति मागेका थिए। उनी अबको दुई दिन पछि भने उनी परीक्षा केन्द्रमै गएर परीक्षमा सहभागी हुने छिन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४