मंगलबार, साउन २६, २०८३

नेयमार र पिएसजीको डिभोर्स, बार्सिलोना पर्खाइमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- पेरिस सेन्ट जर्मन (पिएसजी) र ब्राजिलियन स्टार स्ट्राइकर नेयमारबीचको सम्बन्ध बिग्रिएको एक स्पेनिस संचार माध्यमले जनाएको छ । रिपोर्टका अनुसार यस ट्रान्सफर विन्डोजमा नेयमार पिएसजी बाहिर जाने प्रवल सम्भावना रहेको दाबी छ । 

नेयमारको विभिन्न बिबादका कारण नेयमार र क्लबबीचको सम्बन्ध बिग्रिदै आएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको छ । नेयमार स्वयमले पनि मंगलबार क्लबमा आफु सहज नभएको समेत बताएका छन् । 

नेयमार आफ्नो पूर्व क्लब बार्सिलोनासँग नजिक भएको बताइएको छ । बार्सिलोनाले उनको स्थितीको बारेमा बुझी रहेको छ र कुनै अनुबन्ध गर्ने विकल्प पाए प्रयास अगाडी बढाउन जनाएको छ ।

२७ वर्षीय नेयमारले स्विकार गरेका छन् की उनले पिएसजीलाई च्याम्पियन्स लिगको उपाधि दिलाउने लोभले बार्सिलोना छोडेका थिए । तर, अब उनी पैसाको महत्वकांक्षी नभई वास्तविक पिएसजीमा खुसी नभएको बताइएकोछ । उनले आफु न्यु क्याम्पमा लियोनल मेस्सी र लुईस सुआरेजसँग नै खुसी भएको बताएका छन् । 

यता पिएसजीले सन् २०१७ मा नेयमारसँग गरेको सम्झौता अनुसार तीन वर्ष बाँकी छ । उनले पिएसजीसँग २ वर्ष अगाडि विश्व कीर्तिमानी मूल्यमा पाँच वर्षका लागि सम्झौता गरेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।