मंगलबार, वैशाख १, २०८३

पाकिस्तानमाथी अष्ट्रेलियाको सहज जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी-आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले पाकिस्तानलाई ४१ रनले पराजति गरेको छ । बुधबार भएको खेलमा अष्ट्रेसलयाले दिएको ३ सय ८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४५.४ ओभरमा सबै विकेट गुमाउँदै मात्र २ सय ६६ रन बनाउन सक्यो । 

पाकिस्तानका लागि इमाम उल हकले ५३ रनको अर्धशतकीय पारी खेले । उनले ७५ बलमा ७ चौका प्रहार गर्दै ५३ रनको अर्धशतकीय पारी खेलेका हुन् । त्यस्र्त मोहमद हाफिजले ४९ बलमा ३ चौका र १ छक्का सहित ४६ रन जोडे । 

३९ बल खेलेका वाहब रियाजले २ चौका र ३ छक्का प्रहार गर्दै ४५ रन जोडे । कप्तान सर्फराज अहमेदले ४८ बलमा १ चौका सहित ४० रन बनाए । बाबर अजामले ३० तथा हशन अलीले ३२ रन जोडे ।

अष्ट्रेलियाका पाट कुमिन्सले ३ विकेट लिए  । त्यस्तै केन रिचार्डसन र मिचेल स्टार्कले दुई दुई तथा नाथन कूल्टर नाइल र आरोन फिन्चले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले ४९ ओभरमा सबै विकेट गुमाउँदै ३ सय ७ रन जोडेको थियो । अष्ट्रेलियाका लागि वार्ननरले १०७ रनको शतकीय पारी खेले । उनले १११ बलको सामना गर्दै ११ चौका र १ छक्को मद्दतमा १०७ रनको शतकीय पारी खेलेका हुन् । 

त्यस्तै कप्तान आरोन फिन्चले उत्कृष्ट अर्धशतकीय पारी खेले । उनले ८४ बलमा ६ चौका र ४ छक्का प्रहारु गर्दै ८२ रनको उत्कृष्ट अर्धशतकीय पारी खेलेका हुन् । फिन्च र वार्नरले पहिलो विकेटका लागि १४६ रनको साझेदारी गरेका थिए । फिन्च २३ औं ओभरको पहिलो बलमा क्याच आउट भएका हुन् । 

उनी मोहम्मद आमिरको बलमा मोहम्मद आफीजले क्याच गर्दै पेभिलियन फर्काएका थिए । त्यस्तै शाउन मार्शले २३, ग्लेन म्याक्सवेलले २०, एलेक्स केरीले २०, उस्मान खवाजाले १८ र स्टिभन स्मिथले १० रन जोडे । 

पाकिस्तानका लागि मोहम्मद आमिरले सर्वा्धिक पाँच विकेट लिए । उनले १० ओभर बलिङ गर्दै मात्र ३० रन खर्चेर पाँच विकेट लिएका हुन् । त्यस्तै शाहीन शाह अफ्रीदीले दुई तथा मोहम्मद हाफिज, हसन खली र वहाब रियजले एक विकेट लिए । 

यसजितसँगै अष्ट्रेलियाले ४ खेलबाट ६ अंक जोडेको छ । र, अष्ट्रेलिया अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पाकिस्तानको यो दोस्रो हार हो । आठौं स्थानको पाकिस्तानले ४ खेलबाट ३ अंक जोडेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।