मंगलबार, साउन २६, २०८३

कराते टोली चेक रिपब्लिक प्रस्थान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सातौं अन्तर्राष्ट्रिय कराते लायन्स कपमा सहभागी हुन ४ सदस्यीय नेपाली कराते टोली बुधबार चेक रिपब्लिक प्रस्थान गरेको छ । जुन १४ देखि १६ तारिखसम्म हुन प्रतियोगिताका लागि नेपाली कराँते टोली तेयतर्फ प्रस्थान गरेको हो । 

नेपालकोतर्फबाट पर्शुराम बाँस्तोला, सुशील पौडेल, रोहित बुढाथोकी र फिन्छोक दोर्जे लामाले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पर्शुराम कराते वान सिरिज ए मोन्ट्रियलमा सहभागी हुन चेकबाटै क्यानाडा जाने छन् । 

उक्त प्रतियोगिता जुन २१ देखि २३ तारिखसम्म हुनेछ । क्यानाडाको प्रतियोगितामा सोनाम लामाले पनि प्रतिस्पर्धा गर्ने छन् । सोनाम नेपालबाट जुन १८ मा क्यानाडा जाँदैछन् । 

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्की सदस्य इन्दिरा निरौला र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले बुधबारै एक कार्यक्रमबीच बिदाइ गरे ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।