बुधबार, वैशाख २, २०८३

रोमाञ्चक खेल : वार्नरको शतक, आमिरले लिए पाँच विकेट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- ओपनर ब्याट्सम्यान डेभिड वार्नरको शतकको मद्दतले अष्ट्रेलियाले पाकिस्तानलाई जितका लागि ३ सय ८ रनको विशाल लक्ष्य सुम्पेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले ४९ ओभरमा सबै विकेट गुमाउँदै ३ सय ७ रन जोडेको हो । 

अष्ट्रेलियाका लागि वार्ननरले १०७ रनको शतकीय पारी खेले । उनले १११ बलको सामना गर्दै ११ चौका र १ छक्को मद्दतमा १०७ रनको शतकीय पारी खेलेका हुन् । त्यस्तै कप्तान आरोन फिन्चले उत्कृष्ट अर्धशतकीय पारी खेले । 

उनले ८४ बलमा ६ चौका र ४ छक्का प्रहारु गर्दै ८२ रनको उत्कृष्ट अर्धशतकीय पारी खेलेका हुन् । फिन्च र वार्नरले पहिलो विकेटका लागि १४६ रनको साझेदारी गरेका थिए । फिन्च २३ औं ओभरको पहिलो बलमा क्याच आउट भएका हुन् । 

उनी मोहम्मद आमिरको बलमा मोहम्मद आफीजले क्याच गर्दै पेभिलियन फर्काएका थिए । त्यस्तै शाउन मार्शले २३, ग्लेन म्याक्सवेलले २०, एलेक्स केरीले २०, उस्मान खवाजाले १८ र स्टिभन स्मिथले १० रन जोडे । 

पाकिस्तानका लागि मोहम्मद आमिरले सर्वाधिक पाँच विकेट लिए । उनले १० ओभर बलिङ गर्दै मात्र ३० रन खर्चेर पाँच विकेट लिएका हुन् । त्यस्तै शाहीन शाह अफ्रीदीले दुई तथा मोहम्मद हाफिज, हसन खली र वहाब रियजले एक विकेट लिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।