शुक्रबार, असोज ९, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • पिएमकप महिला क्रिकेट : उद्घाटन खेलमा सुदूरपश्चिम र गण्डकी भिड्ने

पिएमकप महिला क्रिकेट : उद्घाटन खेलमा सुदूरपश्चिम र गण्डकी भिड्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- चौंथो संस्करणको प्रधानमन्त्रि कप महिला टी-२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश भिड्ने भएका छन् । आयोजक महाकली स्पोर्टस् सोसाइटीले बुधबार सार्वजनिक गरेको खेल तालिका अनुसार सुदूरपिश्चम प्रदेश र गण्डकी प्रदेश भिड्ने भएका हुन्। 

असार ४ देखी सुरु हने प्रतियोगिताको प्रत्यक दिन दुई दुई खेल हुने छन् । प्रतियोगितामा सात प्रदेश र एक विभागिय गरी सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

प्रगियोगिताका सम्पूर्ण खेल महेन्द्रनगरस्थित खुल्ला मञ्चमा खेलाईने छ । कुल अनुमानित लागत ८८ लाख रुपैयाँ रहेको प्रतियोगिताका लागि राखेपले ३५ लाख खर्च गर्ने छ भने बाँकी महाकली स्पोर्टस् सोसाइटीले व्यहोर्नेछ । 

प्रतियोगितको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ३० हजार पाउने छन् । यस्तै विधागततर्फ उत्कृष्ट हुनेले १५-१५ हजार पाउने आयोजकले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।