बुधबार, वैशाख २, २०८३

अष्ट्रेलिया र पाकिस्तान दुबैलाई एक अर्काको डर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी-पाँच पटकको विश्वकप विजेता अष्ट्रेलियाले आज (बुधबार) एक महत्वपूर्ण खेलमा पाकिस्तानको सामना गर्दै छ । आफ्नो पहिलो खेलमा वेस्टइन्डिजसँग ७ विकेटले पराजति भएको पाकिस्तान दोस्रो खेलमा बलियो टोली इंग्ल्यान्डलाई पराजति गरेको थियो । तर, तेस्रो खेलमा श्रीलंकासँग भने बर्षका कारण अंक बाँढ्न बाध्य भएको थियो । 

यता अष्ट्रेलिया भने आफ्नो पछिल्लो खेलमा भारतसँग पराजति भएको छ । पछिल्लो खेलमा अष्ट्रेलियाका बलर भारतका ब्याट्सम्यान सामु पिटिएका थिए। तर, पाकिस्तानको ब्याट्सम्यान भारतको जस्तो बलियो नभएपनि इंग्ल्यान्डसँगको खेलमा उत्कृष्ट ब्याटिङ गरेको थियो । 

यस खेलमा इमाम उल हक र फखर जमानले उत्कृष्ट पारी खेलेका थिए । यसपछि मोहम्मद हफीज र बाबर आजमले पाकिस्तानको ठुलो योगफल तयार पार्न महत्वपूर्ण भुमिका खेलेका थिए । उक्त खेलमा कप्तान सरफराज अहमदले पनि अर्धशतकीय पारी खेलेका थिए । 

पाकिस्तानको बलिङ र अष्ट्रेलियाको ब्याटिङको कुरा गर्ने हो भने अष्ट्रेलियाका ब्याट्सम्यान हावी हुने देखिन्छ । डेविड वार्नर, एरोन फिन्च र स्टीभ स्मिथ तीनै लयमा देखीका छन् । यि तीन ब्याट्सम्यान बाहेक उस्मान ख्वाजा लयमा छन् । भारतविद्ध अष्ट्रेलिया पराजित भएपनि खेलको अन्त्य तिर एलेक्स क्यारीले आक्रमक ब्याटिङ गरेका थिए । 

तर यता पाकिस्तानका बलरलाई कमजोर सोच्नु अष्ट्रेलियालाई ठुलो भुल हुन सक्नेछ । इंग्ल्यान्डविरुद्धको खेलमा मोहम्मद आमिर र वहाब रियाजले जुन बलिङ गरेका थिए उक्त प्रदर्शनले कुनै पनि आक्रमक ब्याट्सम्यानलाई मात दिन सक्छन् । 

यदी आमिर र रियाजल उक्त लयलाई कायमै राख्ने हो भने अष्ट्रेलियाको टिमलाई सहज हुने छैन् । यि दुई बाहेक हसन अली र लेग स्पिनर शादाब खान पनि उत्कृष्ट प्रदर्शनको आसा गरिएका खेलाडी हुन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।