बुधबार, वैशाख २, २०८३

जर्मनीले गर्यो गोलको बर्षा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- युरो कप छनोट अन्तरगत जर्मनीले स्टोनियाको पोस्टमा गोलको बर्ष गरेको छ । मंगलबार राती भएको खेलमा जर्मनीले स्टोनियालाई ८-० गोल अन्तरले पराजति गरेको हो । 

जर्मनीको जितमा मार्को रिउस र सर्ज गनाब्रीले समान दुई दुई तथा लियोन गोरोत्जका, इल्के गुन्डोगोन, टिमो वर्नर र लिरो सानेले एक एक गोल गरे । खेलको १० औं मिनेटमा मार्कोले गोल गर्दै अग्रता दिलाए । 

त्यस्तै १७ औं मिनेटमा सर्ज गनाब्रीले गोल गर्दै जर्मीनीको अग्रता दोब्बर पारे । त्यसको तीन नबित्दै लियोनले गोल गर्दै अग्रता तेब्बर पारे । २६ औं मिनेटमा इल्के गुन्डोगोनले पेनाल्टीमा गोल गर्दै अग्रता ४-० को पारे । 

३७ औं मिनेटमा मार्कोले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमा जर्मनीलाई ५-० को अग्रता दिलाए । ६२ औं मिनेटमा सर्ज गनाब्रीले व्यक्तिगत दोस्रो गोल गर्दै ७९ औं मिनेटमा टिमो वर्नर एक गोल गरे । 

८८ औं मिनेटमा लिरो सानेले एक गोल गर्दै जर्मनीले स्टोनियामाथी ८-० को फराकिलो जित निकाल्यो । यसजितसँगै समुह सी मा तीन खेल खेलेको जर्मनी ९ अंक सहित दोस्रो स्थानमा छ । ४ खेल खेलको नर्थन आयरल्याण्ड १२ अंक सहित शीर्ष स्थानमा छ । पाजित स्टोनिया अंक बिहिन तालिकाको पुछारमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।