सोमबार, साउन २५, २०८३

टिसीको उपाधिका लागि विमलको दुई गोल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तिमगर चम्कदा टिसी स्पोर्ट्सले माल्दिभ्सको च्यारिटी सिल्ड फुटबलको उपाधि जितेको छ । मंगलबार राति भएको खेलमा फोकाइधुलाई ३-१ ले पराजति गर्दै उपधि जितेको हो । 

पहिलो लेगमा १-१ को बराबरी खेलेको टिसीले दोस्रो लेगमा ३-१ को जित निकाल्दै समग्रहमा ४-२ ले च्याम्पियन बनेको हो । टिसीलाई उपाधि दिलाउन स्ट्राइकर विमल दुई तथा इब्राहिम ऐसमले एक गोल गरे । फोकाइधुका लागि अलि शाइमुले एक गोल फर्काएका थिए । 

खेलको २६ औं मिनेटमा इब्राहिमले गोल गर्दै टिसीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० को अग्रता लएिको टिसीले दोस्रो हाफमा थप दुई गोल गर्दै एक गोल खन पुगेको थियो । 

५८ औं मिनेटमा फोकाइधुका अलि शामिउले गोल गर्दै खेल बराबरीमा ल्याए । ६९ औं मिनेटमा विमलले गोल गर्दै टिसीलाई २-१ को स्थितिमा ल्याए । विमलको यो टिसीमा पहिलो गोल हो । ७७ औं मिनेटमा विमलले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई सिजनको पहिलो उपाधि दिलाउन समफल भए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।