सोमबार, साउन २५, २०८३

नेदरल्यान्डका पुर्व प्रशिक्षक एबिङले नेपाली टोली सम्हाल्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेदरल्यान्डका पुर्व खेलाडी तथा प्रशिक्षक हान एबिङले नेपाली पुरुष भलिबल टोली सम्हाल्ने भएका छन् । उनले नेपाली टोली मुख्य प्रक्षिकको जिम्मा सम्हाल्ने छन् । 

उनलाई नेपालमा आयोजना हुने एसियन सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपका लागि अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभीभी)ले नेपाल पठाएको हो ।

 नेपाल भलिबल संघको पहल र  नेदरल्यान्ड भलिबल संघको सहयोगमा उनी नेपाल आउन लागेका हुन् । ३ महिना नेपाली टोलीलाई प्रशिक्षण दिने एबिङको सम्पूर्ण खर्च एफआइबीभीले बेहोर्नेछ । प्रशिक्षक एबिङ असारको पहिलो साता नेपाल आउने छन् ।  

प्रतियोगिता साउन ३२ देखि भदौ ८ गतेसम्म चल्नेछ । प्रतियोगिताको लागि नेपालले मंगलबारबाट २५ खेलाडीको क्लोज क्याम सुरु गरेको छ । एसियन भलिबल संघको संयोजनमा आयोजना हुने सेन्ट्रल जोनमा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्किमिनिस्तान र उज्वेकिस्तान गरि ७ टोलीको सहभागिता रहने छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।