एजेन्सी- ब्राजिलियनर स्टार स्ट्राइकर नेयमारको एक सिजनमै ट्रान्सफर मूल्यमा ठुलो गिरावट आएको एक सिआइइएस फुटबल निरिक्षण संस्थाले जनाएको छ । उक्त संस्थाका अनुसार नेयमारको एक सिजन ट्रान्सफर मूल्यमा ९० मिलियन पाउण्ड घटेको जनाएको हो ।
नेयमार २ वर्ष अघी कीर्तिमानी मूल्यमा स्पेनिस महराथी क्लब बार्सिलोनाबाट लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएउसजी) पुगेका थिए । रिपोर्टका अनुसार नेयमारको चोट, खराब लय र मैदान बचाहिरको समस्याले गर्दा उनको ट्रान्सफर मूल्य घटेको जनाएको छ ।
खुट्टाको चोटका कारण नेयमार आफ्नो घरेलु मैदानमा आयोजना हुने कोपा अमेरिकाको टोलीबाट समेत बाहिरिएका छन् । कतारसँगैको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा नेयमारको खुट्टाको चोट पुनः बल्झिएपछी उनी राष्ट्रिय टोलीबाट बाहिरिएका हुन् । उनले यस सिजन लिग वानका १७ खेलमा १६ गोल गरेका छन् ।
पछिल्लो महिना पेरिसमा एक महिलासँग बलात्कारको आरोप लागेका २७ वर्षीय नेयमार यतिबेला आफुलाई निर्दोश साबित गर्न लागिपरेका छन् । सिआइइएस फुटबल निरिक्षणका अनुसार अब नेयमारको ट्रान्सफर मूल्य १०७ मिलियन पाउण्डदेखी १३४ मिलियन पाउण्डसम्म रहेको बताएकोछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४