सोमबार, चैत ३०, २०८२

धोनीको हातमा बलिदान चिन्ह, गेललाई रोक किन?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- भारतीय विकेटकीपर ब्याट्सम्यान महेन्द्र सिंह धोनीलाई आइसिसीले भारतीय सेनाको बलिदानको चिन्ह प्रयोग गर्ने विषयमा सहमती दिएको छ । तर, वेस्टइन्डिजका ओपनर ब्याट्सम्यान क्रिस गेलको मागलाई भने आइसिसीले सोझै असहमती जनाएको रिपोर्टमा छ । 

इंग्ल्यान्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा आफ्नो पहिलो खेलमा धोनीले भारतीय सेनाको बलिदानको चिन्ह प्रयोग गरेका थिए । उनले आफ्नो ग्लोब्समा प्रयोग गरेको उक्त चिन्ह बारे विवाद भएपछि आइसिसीले चिन्ह हटाउन आदेश दिएका थियो । 

तर, भारतीय क्रिकेट बोर्डको दबाबले गर्दा आइसिसीले धोनीलाई उक्त चिन्ह प्रयोग गर्न सहमती जनाएको एक रिपोर्टले जनाएको छ । रिपोर्टका अनुसार धोनीले उक्त भारतीय सेनाको बलिदानको चिन्ह प्रयोग पाउनु पर्छ भन्दै आइसिसीलाई भारतले दबाब दिएको जाएको छ । 
Image result for ms dhoni and chris gayle
अब खबर छ की वेस्टइन्डिजका ब्याट्सम्यान क्रिस गेलले आफ्नो ब्याटमा ‘युनिभर्स बोस’ अंकित लोगाको प्रयोग गर्न आइसिसीलाई अनुरोध गरेका थिए । आफुलाई ‘युनिभर्स बोस’ सम्झिने गेलले आफ्नो ब्याटमा पनि ‘युनिभर्स बोस’को लोगो प्रयोग गर्नु पाँउ भनी अनुरोध गरेको जनाएको छ । 

तर, आइसिसीले गेलको उक्त अनुरोधलाई सोझै अस्विकार गरेको रिपोर्टमा उल्लेख गरेको छ । आइसिसीले कुनै पनि व्यक्तिगत सन्देशका लागि खेलका दौरान कुनै पनि कपडा वा खेल सामग्रीमा कुनै प्रकारको लोगोको प्रयोग नगर्न सूचित गरेको छ । 

आइसिसीले भारतीय खेलाडीलाई कुनै पनि लोगोको प्रयोग गर्न दिनुले अन्य राष्ट्रका खेलाडीमाथी समान न्याय नगरेको आरोप छ । आइसिसीमा भारतीयको बाहुल्यता भएकाले अन्य खलाडीमा बोर्डले भेदभाव गरेको आरोप छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।