सोमबार, साउन २५, २०८३

स्विडेनमाथी स्पेनको सहज जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सि-युइएफए युरो कप क्यालिफयर अन्तरगत स्पेनले स्विडेनमाथी सहज जित निकोलेको छ । सोमबार राती भएको खेलमा स्पेनले स्विडेनलाई ३-० गोलले पराजित गरेको हो । 

पहिलो हाफ गोल रहित बराबर भएको खेलमा तीनवटै गोल स्पेनले दोस्रो हाफमा गरेको थियो । स्पेनको जितका लागि कप्तान सर्जियो रामोस, अल्भारो मोराटा र मिकेल ओयार्जाबालले एक एक गोल गरे ।

खेलको ६४ औं मिनेटमा कप्तान रामोसले पेनाल्टीमा गोल गर्दै स्पेनलाई खेलमा अगाडी बढाएको थियो । त्यसपछि खेलको ८५ औं मिनेटमा मोराटाले पनि पेनाल्टीमा नै गोल गर्दै स्पनालाई २-० को अग्रता दिलाए । त्यसको २ मिनेट नबित्दै मिकेलले गोल गर्दै स्पेनलाई ३-० को फराकीलो जित दिलाए । 

समूह एफ मा रहेको स्पेनको यो लगातार चौथो जित हो । यसजिसँगै स्पेन १२ अंक सहित अंक तालिकाको शीर्ष स्थानमा छ । पराजित स्विडेन भने समान खेलबाट दुई खेलमा जित, एक बराबरी र एक खेलमा हार सहित ७ अंक जोडेर तेस्रो स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।