मंगलबार, साउन २६, २०८३

यस्तो छ संसारकै ठूलो बालुवाको महल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

बालुवाको महल बन्दैन। पक्कै बन्दैन। तर मानिसले चाह्यो भने बन्दो रहेछ। जर्मनीमा बालुवाको महल बनेको छ। बाल्टिक सागरको रुगेन टापुमा रहेको यो महल विश्वमा ५ कलाकारहरूले संयुक्त रूपमा महल बनाएका हुन्।

यसको आकार १७.६६ मिटरको (५७.९४ फिट) अग्लो छ। ती पाँच कलाकारले गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता नाम लेखाएका छन्। यस कार्यको नेतृत्व थोमास फान डेन डुंगेनले गरेका थिए। उनीहरूले २ वर्षअघि पनि  बालुवाको महल  बनाएका  थिए। तर, अन्तिम  अवस्थामा आएर उक्त महल ढलेको थियो।

यस महल बनाउन एक महिना लागेको दैनिक भास्करमा उल्लेख छ। महल निर्माणका क्रममा पहिले किला ठोकिएको थियो। महल बनाउन ११ टन बालुवा खपत भएको छ।

किलालाई आकार दिन २७ मिटर अग्लो बालुवालाई ‘कोन’ आकारमा राखिएको थियो। त्यस पछि यसलाई विभिन्न डिजाइनमा उतारिएको थियो।

महल बनाउनका निमित्त नेदरल्यान्ड, रूस, हंगेरी, लात्भिया र पोल्यान्डका  कलाकारहरू एकजुट भएका थिए। यस महलको प्रदर्शनी  ३ नोभेम्बरसम्मका लागि खुला गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।