मंगलबार, असार २३, २०८३

एएफसी छनोट खेल्ने राष्ट्रिय महिला टिमको घोषणा

महिला फुटबल राष्ट्रिय टिमका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले एएफसी कप छनोट खेल्ने राष्ट्रिय टिमको घोषणा गरेका छन्।
 |  मंगलबार, भदौ ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ८, २०७८

काठमाडौं- महिला फुटबल राष्ट्रिय टिमका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले एएफसी कप छनोट खेल्ने राष्ट्रिय टिमको घोषणा गरेका छन्।

प्रशिक्षक फिलिप्सले उज्वेकिस्तानमा फिलिपिन्स र हङकङविरुद्धको खेलको छनोटका लागि नेपाली टिमको घोषणा गरेका हुन्। 

फरवार्ड सावित्रा भण्डारी उपचारका क्रममा कतारमा रहेकाले छनोट खेलमा सहभागी नहुने भएकी छन्।सावित्रा बाहेक प्रशिक्षक फिलिप्सले अहिलेको बन्द प्रशिक्षणबाट ५ खेलाडी घटाएर २३ सदस्यीय टिम घोषणा गरेका हुन्।

बन्द प्रशिक्षणबाट बाहिरिनेमा अमिशा कार्की, अन्जली वाइवा, हिमा चौधरी, मनिषा राउत, शर्मिला थापा छन्।नेपाली महिला टिमले सेप्टेम्बर १८ मा फिलिपिन्ससँग र सेप्टेम्बर २१ मा हङकङसँग खेल्नेछ।

छनोट खेल्ने नेपाली टिम :
अनिता बस्नेत, अनिता केसी, विमला बीके, विमला चौधरी, अमृता जैसी,  दीपा राई, गीता राना, हिरा कुमारी भुजेल, इन्दिरा राई, मन्जली तामाङ (योन्जन), निशा ठोकर, प्रीति राई, पूजा राना, पुनम मगर, रजनी थोकर, रश्मि घिसिङ, रेणुका नगरकोटे, सविता राना, सारु लिम्बू, सृजना सिंह

गोलकिपर : अञ्जना राना मगर, एन्जिला तुम्बापो सुब्बा, उषा नाथ

प्रकाशित: Aug 24, 2021| 17:05 मंगलबार, भदौ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।