काठमाडौं- नेपाली राष्ट्रिय फुटवल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले फरवार्ड अभिषेक रिजालसहित तीन खेलाडीलाई टिमबाहिर राखेका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार जारी गरेको २५ खेलाडीको स्क्वाडमा अभिषेकसहित शिसिर लेखी र अर्पण कार्की टिमबाट बाहिरिएका हुन्।
साफ च्याम्पियनसिप र इन्डियासँगको दुई मैत्रीपूर्ण खेलको तयारी गरिरहेको राष्ट्रिय टिम अहिले पोखरामा अभ्यास गरिरहेको छ।
नेपालले साफअघि भारतसँग सेप्टेम्बर २ र ५ मा दुई मैत्रीपूर्ण खेल खेल्दैछ। माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप भने अक्टोबर १ बाट सुरु हुनेछ।
गोलकिपर : किरण कुमार लिम्बू, दीप कार्की, विशाल श्रेष्ठ र बिकेश कुथू