शुक्रबार, भदौ १९, २०८३

फरवार्ड अभिषेक रिजाल राष्ट्रिय टिमबाहिर

अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार जारी गरेको २५ खेलाडीको स्वाडमा अभिषेकसहित शिसिर लेखी र अर्पण कार्की टिमबाट बाहिरिएका हुन्।
 |  मंगलबार, भदौ ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ८, २०७८

काठमाडौं- नेपाली राष्ट्रिय फुटवल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले फरवार्ड अभिषेक रिजालसहित तीन खेलाडीलाई टिमबाहिर राखेका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार जारी गरेको २५ खेलाडीको स्क्वाडमा अभिषेकसहित शिसिर लेखी र अर्पण कार्की टिमबाट बाहिरिएका हुन्।

साफ च्याम्पियनसिप र इन्डियासँगको दुई मैत्रीपूर्ण खेलको तयारी गरिरहेको राष्ट्रिय टिम अहिले पोखरामा अभ्यास गरिरहेको छ।

नेपालले साफअघि भारतसँग सेप्टेम्बर २ र ५ मा दुई मैत्रीपूर्ण खेल खेल्दैछ। माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप भने अक्टोबर १ बाट सुरु हुनेछ।

बन्द प्रशिक्षणमा रहेका खेलाडी
आशिष लामा, अनन्त तामाङ, अञ्जन विष्ट, आयुष घालन, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, मनीष डाँगी, नवयुग श्रेष्ठ, नितिन थापा, पुजन उपेरकोटी, राजन गुरुङ, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनील बल, सुरज ज्यू ठकुरी र तेज तामाङ

गोलकिपर : किरण कुमार लिम्बू, दीप कार्की, विशाल श्रेष्ठ र बिकेश कुथू

प्रकाशित: Aug 24, 2021| 16:52 मंगलबार, भदौ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।