सोमबार, चैत ३०, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • भारतका सबै ब्याट्सम्यान चम्किदा अष्ट्रेलियालाई विशाल लक्ष्य

भारतका सबै ब्याट्सम्यान चम्किदा अष्ट्रेलियालाई विशाल लक्ष्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- ओपनर रोहित शर्मा र शिखर धवनको उत्कृष्ट पारीको मद्दतले भारतले अष्ट्रेलियालाई ३ सय ५३ रनको विशाल लक्ष्य सुम्पेको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ५२ रन जोडेको हो । 

उत्कृष्ट सुरुवात गरेको भारतका लागि ओपनर रोहित र धवनले पहिलो विकेटका लागि १२७ रनको योगदान दिए । भारतले पहिलो विकेटको रुपमा रोहितलाई गुमाएको थियो । २२.३ ओभरमा रोहित नाथन कुल्टर-नाइलको बलमा एलेक्स क्यारीको हातबाट क्याचआउट हुँदै पेभिलिएन फर्किए । 

रोहितले ७० बलमा ३ चौका र १ छक्कामो मद्दतमा ५७ रनको अर्धशतकीय पारी खेले । त्यस्तै धवनले ११७ रनको शतकीय पारी खेले । उनले १०९ बलमा १६ चौका प्रहार गर्दै ११७ रनको योगदान दिएका हुन् । 

दोस्रो विकेटको रुपमा धवनले कप्तान विराट कोहलीसँग ९३ रनको साझेदारी गरे । कोहलीले ८२ रनको उत्कृष्ट अर्धशतकीय पारी खेले । उनले ७७ बलमा ४ चौका र २ छक्काको मद्दतमा ८२ रनको अर्धशतकीय पारी खेलेका हुन् । 

हार्दिक पाण्डेयले अर्धशतक बनाउन बाट दुई रनले चुके । उनले आक्रमक ब्याटिङ गर्दै मात्र २७ बलमा ४ चौका र ३ छक्का सहित ४ड रन जोडे । महिन्द्र सिंह धोनीले १४ बलमा ३ चौका र १ छक्का सहित २७ रन जोडे । केएल राहुलमा ११ रनमा अविजित रहे । 

अष्ट्रेलियाका लागि मर्कुस स्टोनीसले दुई विकेट लिए । त्यस्तै नाथन कुल्टर-नाइल, पाट कुमिन्स र मिचेल स्टार्कले एक एक विकेट लिए ।    
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।