सोमबार, चैत ३०, २०८२

अन्तरविद्यालय टेबलटेनिसमा एभिएम टिम च्याम्पियन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- सत्यनारायण स्मृति राष्ट्रिय अन्तरविद्यालय टेबलटेनिस प्रतियोगितामा आदर्श विद्या मन्दिर (एभिएम) च्याम्पियन बनेको छ । आइतबार सम्पन्न चार दिने प्रतियोगितामा एभिएमले ११ स्वार्ण, ६ रजत र ६ कास्य जित्दै टिम च्याम्पियन बनेको हो । 

१५ स्र्वा पदकका लागि भएको प्रतिस्पर्धामा एभिएमले ११ स्वर्ण जितेको हो । त्यस्तै प्रतियोगितामा लिभरपुल टिम दोस्रो बनेको छ । लिभरपुलले १ स्वर्ण, १ रजत र १ कास्य जित्यो ।  

यू-१४ गल्समा एभिएमकी इभाना थापा मगरले स्वर्ण जित्दा प्रोक्सिमाकी दिया देउलाले रजत तथा जनक नाथकी इना डङ्गोल र प्रभातकी आरती सुवालले कास्य जिते । गल्सकै यू-१६ तर्फ एभिएमकै समिरा श्रेष्ठले स्र्वा जित्दा प्रनिका कुँवरले रजत तथा कृतिका तामाङ र अस्तिका थापाले कास्य पदक जिते । 

मिक्स डबल्सतर्फ एभिएमका बिशाल गोले र बिएन्का राईको जोडीले स्वर्ण जिते । त्यस्तै रुविन महर्जन र इभाना थापा मगरको जोडीले रजत पदक जित्दा रोमन थापा मगर र दिया देउला तथा सुजन गडाल र समिरा श्रेष्ठको जोडीले कास्य पदक जिते ।

ब्वाइज डबल्समा बिशाल गोले र रुबिन महर्जनको जोडीले स्वर्ण, सुजन गडाल र समिर खत्रिको जोडीले रजत जिते । त्यस्तै विश्व बानिया र प्रतिक जङ बस्नेत तथा नवराज राई र सरुन श्रेष्ठको जोडीले कास्य जिते । 

यू-१८ को गल्सतर्फ लिभरपुलकी अन्जु सुवालले स्वर्ण, लिभरपुलकै मन्जु सुवालले रजत तथा लिभरपुलकी मन्जु सुवाल र एभिएमकी हिमाली कास्यले कास्य जिते । सोहि स्पर्धाको ब्वाइजतर्फ एभिएमका संयोग पकालीले स्वर्ण तथा एभिएमकै अच्युत पौडेलले रजत पदक जिते । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।