सोमबार, चैत ३०, २०८२

सचिनलाई पछि पार्दै रोहितले रचे कीर्तिमान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- भारतीय क्रिकेटमा ओपनर ब्याट्सम्यान रोहित शर्माले एक नयाँ कीर्तिमान आफ्नो नाममा गरे छन् । रोहितले भारतीय पूर्व ब्याट्सम्यान सचिन तेन्दुलकरलाई पछि पार्दै कुनै एक टिमविरुद्ध एकदिवसीयमा सबै भन्दा छिटो दुई हजार रन पुरा गर्ने पहिलो खेलाडी बनेका छन् । 

विश्वकप अन्तरगत अष्ट्रेलियाविरुद्धको खेलमा ५७ रनको अर्धशतकीय पारी खेल्दै उनले सबै भन्दा छिटो एकदिवसीय खेलमा कुनै एक टिमविरुद्ध दुई हजार रन पुर्याएका हुन् । यसअघि उनले अष्ट्रेलियाविरुद्ध २ हजार रन पुरा गर्न मात्र ३७ रनको आवस्यकता थियो ।

यो रेकर्ड यस भन्दा पहिले मास्टर ब्लास्टर सचिनको नाममा थियो । उनले सबै भन्दा छिटो कुनै एक टिमविरुद्ध दुई हजार रन पुरा गरेका थिए । सचिनले अष्ट्रेलियाविरुद्ध ४४ एकदिवसीय खेल खेल्दै दुई हजार रन पुरा गरेका थिए । 

यस लिस्टमा वेस्टइन्डिजका विव रिचर्डस् तेस्रो स्थानमा छन् । रिचर्डस्ले पनि अष्ट्रेलियाविरुद्ध ४४ एकदिवसीय खेल खेल्दै २ हजार रन पुरा गरेका थिए । त्यस्तै भारतीय अर्का ब्याट्सम्यान विराट कोहलीले ४४ खेलमा श्रीलंकाकाविरुद्ध २ हजार रन पुरा गरेका थिए । विकेटकीपर ब्याट्सम्यान महेन्द्र सिंह धोनीले श्रीलंकाविरुद्ध ४५ खेलमा यो रेकर्ड पुरा गरेका थिए । 

तर, एकदिवसीय त्रिकेटमा अष्ट्रेलियाविरुद्ध सर्वाधिक रन बनाउने खेलाडी भने सचिन रोहिभन्द धेरै अगाडी छन् । सचिनले आफ्नो करियरका दौरान अष्ट्रेलियाविरुद्ध ४४.५९ को औसतमा कुल ३ हजार ७७ रन बनाएका छन् । 

एकदिवसीयमा कुनै एक टिमविरुद्ध छिटो दुई हजार रन बनाउने खेलाडी
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।