सोमबार, चैत ३०, २०८२

टिम इभेन्टमा एभिएमलाई स्वर्ण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- सत्यनारायण स्मृति राष्ट्रिय अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिताको टिम इभेन्टतर्फ आदर्श विद्या मन्दिर (एभीएम) विजयी भएको छ । शनिबार भएको ब्वाइज तथा गल्स दुबैतर्फ एभिएम विजयी भएको हो । 

ब्वाइजमा एभीएमले युरो किड्सलाई ३-१ ले पराजित गरेको हो । युरो किड्स दोस्रो हुँदा सुनाखरी धरान र पब्लिक एकेडेमी तेस्रो भयो । त्यस्तै गल्सको टिम इभेन्टमा एभीएमले प्रभातलाई ३-० ले पराजित गर्दै प्रथम भएको हो । प्रभात दोस्रो हुँदा ब्लुबर्ड र बिडिएस तेस्रो भयो ।  

यु-१० ब्वाइजमा उज्वल मान्नधर प्रथम, कृष्ण महरा दोस्रो तथा अशिस भट्टराई र प्रभात सेडाई तेस्र भए । त्यस्तै सोही स्पर्धामा गल्सतर्फ शुभश्री श्रेष्ठ प्रथम, क्यारिना सुवाल दोस्रो हुँदा नर्मदा खाइतु र आस्मा पहरी तेस्रो भए । 

यू-१२ ब्वाइजतर्फ एभीएमका एलन महर्जन पहिलो, आयुष भट्टराई दोस्रो हुँदा प्रनिशेक भट्टराई र आयुस ताम्राकार तेस्रो भए । सोही स्पर्धामा गल्सतर्फ एभीएमकी बिएन्का राई पहिलो हुँदा प्रिदपा सुवाल दोस्रो तथा बिनिसा डङ्गोल र सृष्टि लिबी तेस्रो भए ।

यू-१४ ब्वाइजतर्फ सिद्दार्थ तामाङ पहिलो, नवराज राई दोस्रो तथा रेहान बस्नेत र सरुन श्रेष्ठ तेस्रो भए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।