सोमबार, चैत ३०, २०८२

प्रधानमन्त्री कप : बाचा अपुरो, पुरस्कार अधुरो !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- तेस्रो संस्करणको प्रधानमन्त्री कप एयकदिवसीय क्रिकेट प्रतियोगिता यही जेठ १० गतेबाट तामझामका साथ सुरु भयो । कीर्तिपुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले अर्को विभागीय टोली नेपाल आर्मीलाई ४ विकेटले पराजित गर्दै प्रतियोगिताको उपाधि जित्यो । 

विजेता टोली नेपाल पुनिसले प्रतियोगिता जित्दै २० लाख र ट्रफी हार पार्यो भने उपविजेता बनेको नेपाल आर्मीले १० लाखमा चित्त बुझाउनु पर्यो । प्रतियोगिताको विजेता र उपविजेताले भने पूर्वघोषीत पुरस्कार नै पाए । तर, दुखद् कुरा प्रतियोगितामा व्यक्तिगत विधातर्फका विजेता खेलाडी भने नमज्जैले ठगिएका छन् । 

यसअघि प्रतियोगिता आयोजकले व्यक्तिगत विधाका विजेता खेलाडीका लागि ठुलो पुरस्कार रकमको घोषणा गरेका थियो । तर, प्रतियोगितको समापनमा आयोजकले पूर्वघोषीत पुरस्कार खेलाडीलाई प्रदान गर्न सकेन् । 

आयोजकले तोकीयको रकम दिन नसक्दा खेलाडीले ठगिएको महशुस गरेका छन् । पुरस्कार थाप्दै गर्दा आयोजकले प्रदान गर्ने भनेको मोटरसाइकल खै भन्दै खेलाडीहरुले होहल्ला गर्दै असन्तुस्टी जनाउँदा उक्त कुराको प्रस्टोक्ती भएको अनुमान गर्न सकिन्छ । 

यसअघि प्रतियोगिताको म्यान अफ दी सिरिजका लागि एक थान मोटरसाइकल पाउने घोषणा गरिएको थियो । तर, म्यान अफ दी सिरिज बनेका पुलिसका स्पिनर बलर ललित राजवंशीले मात्र ५० हजार रुपैयाँमा चित्त बुझाउन पर्यो । उनीसँगै राजु रिजाल पनि ठगिएका छन् । 

ललित व्यक्तिगत विधाको पुरस्कार राशीमा दुई पटक ठगिएका हुन् । उनी प्रतियोगिताको सर्वोत्कृष्ट बलर पनि घोषित भएका थिए । पूर्वघोषीत पुरस्कार अनुसार ललितले ५० हजार नगद प्राप्त गर्नु पर्ने थियो । तर, उनी ३० हजारमा मात्र चित्त बुझउन विवश बने ।

विभागिय टोली नेपाल पुलिसलाई प्रतियोगितको उपाधि दिलाउन उनले ६ खेलमा सर्वाधिक २० विकेट लिएका थिए । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट ब्याट्सम्यान घोषीत भएका आर्मीका विकेटकीपर ब्याट्सम्यान राजु रिजालले पनि आयोजकले पत्रकार सम्मेलनमा बारम्बार घोषणा गरेका पुरस्कार रकम पाउन सकेनन् । रिजालले पनि ५० हजार प्राप्त गर्नु पर्नेमा मात्र ३० हजार पाए । राजुले प्रतियोगिताका ६ खेलमा कुल २ सय ६१ रन जोडेका थिए । 

प्रधानमन्त्रीको नाममा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पछिल्लो तीन वर्षदेखी एकदिवसीय प्रतियोगिता आयोजना गर्दै आएको छ । तर, पछिल्ला दुई संस्करण राखेपले नीजि कम्पनीसँग मिलेर गरेको छ । आफूले प्रतियोगिता आयोजना गर्न नसकेको राखेपले नीजि कस्पनीसँग मिलेर पनि खेलाडीलाई तोकिएको पुरस्कार प्रदान गर्न नस्कनु आफैमा लज्जाको वषिय हो । 

यसअघि पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगिताको कुल लागत १ करोड ७५ लाख रहने बताएको थियो । जसमा ८० लाख रुपैयाँ राखेपले दिने जनाएका थियो भने बाँकी रकम नीजि कम्पनीले उपलब्ध गराउने सहमती थियो । तर, पुरस्कार राशी मै खेलाडी ठगीनुले राखेप र आयोजक प्रतिको विश्वास गुम्ने देखिन्छ । जसले खेलाडीको मनोबलमा समेत असर पर्ने सक्ने छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।