सोमबार, चैत ३०, २०८२

रोयको उत्कृष्ट शतकमा बंगलादेशलाई विशाल लक्ष्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- इंग्ल्यान्डका ओपनर ब्याट्सम्यान जोन्सन रोयको उत्कृष्ट शतकको मद्दतले बंगलादेशलाई ३ सय ८७ रनको विशाल लक्ष्य सुम्पेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ८७६ रन जोडेको हो । 

इंग्ल्यान्डका लागि रोयले सर्वाधिक १ सय ५३ रनको उत्कृष्ट शतकीय पारी खेले । उनले १२१ बलमा १४ चौका र ५ छक्काको मद्दतमा १ सय ५३ रनको शतकीय पारी खेलेका हुन् । 

त्यस्तै जोस बुटलर र जोनी ब्रेस्टोले अर्धशतकीय पारी खेले । बुटलरले ४४ बलमा २ चौका र ४ छक्का प्रहार गर्दै ६४ रनको अर्धशतकीय पारी खेलेका हुन् । ब्रेस्टोले ५० बलमा ६ चौका सहित ५१ रनको अर्धशतकीय पारी खेलेका हुन् । 

कप्तान मोर्गनले ३३ बलमा १ चौका र २ छक्का प्रहार गर्दै ३५ रन जोड । लियम प्लुंकेटले २७, जोए रुटले २१ र क्रिस वोक्सले १८ रन जोडे । बंगलादेशका लागि मोहम्मद साइफुदिन र मेहदी हसन मिराजले दुई दुई विकेट लिए । त्यस्तै मश्रफे मोर्टजले एक विकेट लिए । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।