एजेन्सी- आइसिसी एकदिवसीय विश्वकप क्रिकेट अन्तरगत आज (शनिबार) दुई खेल हुँदै छन् । पहिलो खेलमा आयोजक इंग्ल्यान्डले बंगलादेशको सामना गर्दै छ भने दोस्रो खेलमा अफगानिस्तानले अपराजित न्युजल्यान्डलाई चुनौती पेश गर्दै छ ।
इंग्ल्यान्ड र बंगलादेशबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बजे सुरु हुने छ । सोफिया गार्डेन्समा हुने खेलमा दुबै टोली दोस्रो जितको खोजीमा रहेका छन् । यसअघिका दुई खेलमा दुवै टोलीले एकमा जित र एकमा हार व्यहोरेका छन् ।
इंग्ल्यान्डले आफ्नो पहिलो खेलमा दक्षिण अफ्रीकालाई पराजित गरेको थियो भने दोस्रो खेलमा पाकिस्तानसँग पराजित भएको थियो । यता बंगलादेशले पनि आफ्नो पहिलव खेलमा दक्षिण अफ्रीकालाई नै हराएको थियो । तर दोस्रो खेलमा भने बंगलादेश न्युजिल्यान्डसँग निरास भएको थियो ।
आजै हुने अफगानिस्तान र न्युजल्यान्डबीचको दोस्रो खेल नेपाली समय अनुसार साँझ ६:१५ बजे हुने छ । सुरुवाती दुई खेलमा विजयी भएको न्युजल्यान्ड आफ्नो तेस्रो खेलमा अफगानिस्तानलाई पराजित गर्दै जारी विश्वकपमा ह्याट्रिक जित निकाल्न चाहन्छ । बंगलादेशसँग संघर्षपूर्ण जित निकालेको न्युजल्यान्डले पहिलो खेलमा भने श्रीलंकालाई १० विकेटले पराजित गर्दै सानदार सुरुवात गरेका थियो ।
अविस्वसनिय नतिजा निकाल्न माहिर अफगानिस्तानसँग स्पिनर बलर प्रयाप्त छन् । त्यसैले न्युजल्यान्ड त्यसबारे सर्तक छ । यता न्युजल्यान्ड भने आफ्ना तिब्र गतिका बलरमा निर्भर छ ।
अफगानिस्तानले भने आफ्ना दुबै खेल गुमाएको छ । त्यसैले पनि अफगानिस्तान न्युजल्यान्डलाई पराजित गर्दै पहिलो जित निकाल्न चाहन्छ । अफगानिस्तान पहिलो खेलमा अष्ट्रेलयिासँग ७ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा श्रीलंकासँग ३४ रनले पराजति भएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४