शुक्रबार, असोज ९, २०८३

स्टार्कको नयाँ विश्व रेकर्ड

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- अष्ट्रेलियाका तिब्र गतिका बलर मिचेल स्टार्कले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ रेकर्ड बनाएका छन् । उनले बिहिबार राती विश्वकप अन्तरगत वेस्टइन्डिजविरुद्ध भएको खेलमा पाँच विकट लिन्दै नयाँ रेकर्ड बनाएका पाँच विकट लिदै नयाँ रेकर्ड बनाएका हुन् । 

स्टार्कले एकदिवसीय क्रिकेटमा सबै भन्दा छिटो १५० विकेट पुर्याउने खेलाडीको रेकर्ड आफ्नो नाममा गरेका छन्। उनले मात्र ७७ खेल खेल्दै एकदिवसीय क्रिकेटमा १५० विकेटको आँकडा पुरा गरेका हुन् । 

यसअघि उक्त रेकर्ड पाकिस्तानका सकलेन मुश्ताकको नाममा थियो । मुश्ताकले एकदिवसीय क्रिमेटका ७८ खेलमा १५० विकेट लिएका थिए । त्यस्तै न्युजल्यान्डका ट्रेन्ट बोल्टले ८१ खेल खेल्दै १५० विकेटको आँकडा पुरा गरेका थिए । 

स्टार्कले वेस्टइन्डिजविरुद्ध छटौं पटक पाँच विकेट लिएका हुन् । यस खेलमा स्र्टाकले क्रिस गेल, कप्तान होल्डर, आन्द्रे रसेल, कार्लोस ब्रेथवेट र शेल्डन कोट्रेललाई पेभिलियन फर्काएका थिए ।

एकदिवसीयमा छिटो १५० विकेट लिने ५ खेलाडी
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।