एजेन्सी- मिचेल स्टार्कको घातक बलिङमा अष्ट्रेलियाले वेस्टइन्डिजलाई पराजित गरेको छ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अन्तरगत बिहिबार भएको खेलमा अष्ट्रेलियाले वेस्टन्डिजलाई १५ रनले पराजति गरेको हो ।
अष्ट्रेलियाले दिएको २सय ८९ रनको मध्यम लक्ष्य पछ्याएको वेष्टइन्डिजले ५० ओभरमा ९ विकेट गुमाउँदै मात्र २ सय ७३ रन बनाउन सक्यो । वेष्टइन्डिजका लागि साई होप र कप्तान जासन होल्डरले अर्ध शतकीय पारी खेले पनि टोलीको जितका लागि प्रयाप्त भएन् ।
शाईले १०५ बलमा ७ चौका सहित ६८ रन जोडे । त्यस्तै होल्डरले ५७ बलमा ७ चौका र १ छक्का सहति ५१ रनको अर्धशतकिीय पारी खेलेका थिए । निकोलस पुरनले ३६ बलमा ५ चौका र १ छक्कामो मद्दतमा ४० रन जोडे । क्रिस गेल र शिम्रोन हिटमायरले २१-२१, अश्ले नुर्सेले १९, कार्लोस ब्राथ्वेइटेले १६ र आन्द्रे रसेलले १५ रन जोडे । अष्ट्रेलियाका लागि मिचेल स्टार्कले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए । त्यस्तै पाट कुमिन्सले २ तथा आदम जम्पाले १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले ४९ ओभरमा सबै विकेट गुमाउँदै २ सय ८८ रन जोडेको थियो । अष्ट्रेलियाका लागि नाथन कुल्टर नाइलले ९२ रनको उत्कृष्ट पारी खेले । उनले ६० बलमा ८ चौका र ४ छक्का प्रहार गर्दै ९२ रनको योगदान दिएका हुन् ।
त्यस्तै स्टेभन स्मिथलले ७३ रनको उत्कृष्ट अर्धशतकीय पारी खेले । उनले १०३ बलमा ७ चौका प्रहार गर्दै ७३ रनको योगदान दिए । एलेक्स क्यारीले ४५ रन जोडे । उनले ५५ बलमा ७ को मद्दतले ४५ रन जोडेका हुन् ।
माक्र्युस स्टोनीसले १९, उस्मान खावाजाले १३ रन जोड्न बाहेक अन्य ब्याट्सम्यान वेस्टइन्डिजका बलर सामु क्रिजमा जम्न सकेनन् । वेस्टइन्डिजका लागि कर्लोस ब्राथ्वेइटेले तीन विकेट लिए । त्यस्तै शेल्डोन कोट्रेल, आन्द्रे रसेल र ओस्माने थोमसले समान दुई दुई विकेट लिँदा । जसन होल्डरले एक विकेट लिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४