सोमबार, चैत ३०, २०८२

अष्ट्रेलियाले दियो वेस्टिइन्जिलाई मध्यम लक्ष्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा नाथन कुल्टर नाइल र स्टेभन स्मिथलको उत्कृष्ट अर्धशतकको मद्दतले अष्ट्रेलियाले वेस्टइन्डिजलाई जितका लागि २ सय ८९ रनको मध्यम लक्ष्य सुम्पेको छ । 

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले ४९ ओभरमा सबै विकेट गुमाउँदै २ सय ८८ रन जोडेको हो । अष्ट्रेलियाका लागि नाथन कुल्टर नाइलले ९२ रनको उत्कृष्ट पारी खेले । उनले ६० बलमा ८ चौका र ४ छक्का प्रहार गर्दै ९२ रनको योगदान दिएका हुन् । 

त्यस्तै स्टेभन स्मिथलले ७३ रनको उत्कृष्ट अर्धशतकीय पारी खेले । उनले १०३ बलमा ७ चौका प्रहार गर्दै ७३ रनको योगदान दिए । एलेक्स क्यारीले ४५ रन जोडे । उनले ५५ बलमा ७ को मद्दतले ४५ रन जोडेका हुन् । 

माक्र्युस स्टोनीसले १९, उस्मान खावाजाले १३ रन जोड्न बाहेक अन्य ब्याट्सम्यान वेस्टइन्डिजका बलर सामु क्रिजमा जम्न सकेनन् । 

वेस्टइन्डिजका लागि कर्लोस ब्राथ्वेइटेले तीन विकेट लिए । त्यस्तै शेल्डोन कोट्रेल, आन्द्रे रसेल र ओस्माने थोमसले समान दुई दुई विकेट लिँदा । जसन होल्डरले एक विकेट लिए । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।