शुक्रबार, असोज ९, २०८३

नेपालले चाइनीज ताइपेइसँग बराबरी खेल्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तरगत चाइनिज ताइपेइसँग बराबरी खेलेको छ। बिहीबार ताइपेइको घरेलु मैदानमा भएको खेलमा नेपालले १-१ को बराबरी खेलेका हो। 

घरेलु मैदानमा चाइनीज ताइपेइले लिएको अग्रता जोगाउन नसक्दा खेल बराबरीमा सकिएको हो। खेलको ३८औं मिनेटमा उ चुन चिङले गोल गर्दै घरेलु टोलीलाई १-० को अग्रता दिलाएका थिए। तर, दोस्रो हाफमा नेपालका लागि अभिषेक रिजालले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका हुन्। उनले खेलको ६९औं मिनेटमा सन्तोस तामाङको पासमा गोल गरेका हुन्। 

पेनाल्टी क्षेत्र नजिकै ताइपेइका खेलाडीले फाउल गरेपछि पाएको फ्री-किक सन्तोस तामाङले प्रहार गरेका थिए। उक्त प्रहारमा अभिषेकले उत्कृष्ट हेडर गोल गर्दै नेपाललाई पराजित हुनबाट जोगाए। 

यसअघि पहिलो हाफको १७औं मिनेटमा नेपालका लागि अभिषेक रिजालले गोल गरेका थिए। तर, अफसाइड भएको भन्दै रेफ्रीले उक्त गोललाई मान्यता नदिँदा नेपाल अग्रता लिनबाट चुकेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।